नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10893 · वि.सं. २०७९
नि.नं. 10893 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
सरकारी कोषबाट सुविधाहरू प्राप्त गरिरहेका निर्वाचित पदाधिकारीहरू पनि लाभको पद धारणा गरेका व्यक्तिहरू होइनन् भन्न नमिल्ने । राज्यको सर्वसञ्चित कोषबाट सुविधा प्राप्त गरेका व्यक्तिहरूले त्यही पारिश्रमिक र सुविधाहरू प्रयोग गरेर निर्वाचनमा उम्मेदवार भई चुनावमा प्रतिष्पर्धा गर्ने कार्यलाई स्वच्छ र निष्पक्ष रूपमा हुन सक्छ भनी अनुमान गर्न नसकिने । स्थानीय पदाधिकारीहरू लाभको पदधारणा गरिरहेको र निजहरूले ऐन बनाएर तलब समान प्राप्त गरिरहेको सुविधा पनि पारिश्रमिकसरह नै भएको हुँदा यस्तो पारिश्रमिकसरहको सुविधा प्राप्त गरिरहेको स्थानीय पदाधिकारीलाई निर्वाचनको लागि कानूनतः योग्य उम्मेदवार भन्न नमिल्ने । (प्रकरण नं.७) कानूनी व्यवस्थाले लाभको पदमा रहँदाको अवस्थामा उम्मेदवार हुनलाई नै अयोग्य मानेको हुनाले त्यस्तो उम्मेदवार हुन नै अयोग्य रहेको व्यक्तिलाई उम्मेदवार कायम गरी निर्वाचित घोषित गरी सभासद कायम गरेको सम्पूर्ण कार्य गैर संवैधानिक एवं गैरकानूनी देखिने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10893 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2079/01/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ |
| मुद्दा नं. | ०७८-WO-१०६८ | ०७६-WC-०००२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10893 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
