नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10889 · वि.सं. २०७९

नि.नं. 10889 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

ऐतिहासिक एवम् पुरातात्विक सम्पदाहरू इतिहाससँग राष्ट्रको अतीत जोडिएको हुने र यस्ता सम्पदाहरू एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुने र तिनमा जनताको भावनात्मक सम्बन्ध पनि गाँसिएको हुन्छ । यस्ता सम्पदा एक व्यक्ति वा निकायसँग सरोकार राख्‍ने नभएर समूह, समुदाय, क्षेत्र र राज्यसँग सरोकार राख्‍ने हुनाले प्रत्येक राष्ट्रले राष्ट्रको ऐतिहासिक, पुरातात्विक एवम् सांस्कृतिक धरोहरहरूको बारेमा आफ्ना भावी पुस्तालाई जानकारी दिलाउनुपर्छ भन्‍ने कुरामा विवाद नरहने । ९प्रकरण नं।१३० पुरातात्विक महत्त्व बोकेका वा सांस्कृतिक महत्त्वका सम्पदाहरूलाई साँघुरो भएको भन्‍ने जस्ता अस्वीकार्य तर्क गरेर नयाँ बनाउने नाममा संरक्षण गर्नेतर्फ नलागी बेवारिसे छाडी स्वतस् भत्किन दिई वा भत्काई नयाँ निर्माण गर्ने योजना कुनै दृष्टिकोणबाट पनि उचित मान्‍न नसकिने । पुर्खाको धरोहरलाई सन्ततिका लागि जगेर्ना गर्ने दायित्वबाट कोही पनि उम्कन नमिल्ने । यो सामूहिक राष्ट्रिय जिम्मेवारीको विषय हुने । ९प्रकरण नं।१५० निवेदकका तर्फबाट स् विद्वान्‌ वरिष्ठ अधिवक्ताद्वय श्री प्रकाशमणी शर्मा र श्री दिनेश त्रिपाठी तथा विद्वान्‌ अधिवक्ताहरू श्री पंकजकुमार कर्ण एवम्‌ श्री किशोरकुमार विष्ट र रिट निवेदक श्री संजय अधिकारी विपक्षीका तर्फबाट स् विद्वान्‌ सहन्यायाधिवक्ता श्री संजिवराज रेग्मी, विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री शम्भु थापा, श्री लोकभक्त राणा, श्री दामोदर खड्का, श्री रामप्रसाद भण्डारी तथा विद्वान्‌ अधिवक्ताहरू श्री वसन्त आचार्य, श्री टिकाराम भट्टराई, श्री ताराबहादुर सिटौला र श्री वसन्त आचार्य

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10889
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2075/12/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10889
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्