नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10888 · वि.सं. २०७९
नि.नं. 10888 — परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
मन्त्रिपरिषद्को निर्णयबाट प्रदान गरिएको अख्तियारीअनुसार साबिकदेखि पारिश्रमिक भुक्तानी भई आएको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदनमा हचुवा तवरबाट सुझावको रूपमा उल्लेख गरिएको बेहोरालाई हेरेर नियमित रूपमा भुक्तानी दिई आएको कार्यमा हठात् रोक लगाउनु तर्कसङ्गत र विवेकपूर्ण नहुने । ९प्रकरण नं।४० सरकारका कुनै निकायले कुनै रिट निवेदनका सन्दर्भमा लिखित जवाफ पेस गर्दा हरसम्भव तर्क र कुतर्क गरेर नकारात्मक जवाफ नै पेस गर्नुपर्दछ भन्ने कर्मकाण्डी सोच र शैलीमा सुधार गर्नुपर्ने । अदालतमा पेस गरिने लिखित जवाफ सधैँ नकारा शैलीकै हुनुपर्दछ भन्ने हुँदैन । सरकार भनेको जनताको अभिभावक होस जनतासँगको झगडिया होइन । यसको काम कारबाही र व्यवहारमा अभिभावकत्वको भाव देखिनुपर्ने । ९प्रकरण नं।५० निवेदकका तर्फबाट स् विद्वान् अधिवक्ता श्री पंकजकुमार कर्ण प्रत्यर्थीका तर्फबाट स् विद्वान् उपन्यायाधिवक्ता श्री सोमकान्त भण्डारी
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10888 |
|---|---|
| मुद्दाको विषय | परमादेश |
| निर्णय वर्ष / मिति | 2078/09/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10888 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
