नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10905 · वि.सं. २०७९

नि.नं. 10905 — उत्प्रेषणसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

विद्यार्थीको हकहितको आवरणमा कलेजले गरेको बेरित वा गैरकानूनी भर्नालाई सदैव वैधानिकताको आवरण दिनु उचित नहुने, यस्तो अनियमित वा गैरकानूनी कार्य गर्न शिक्षण संस्था अग्रसर हुन्छ भने त्यसको परिणाम त्यस्ता सम्बन्धित संस्थाले तथा जानीजानी त्यस्तो कार्यमा संलग्न हुन्छन भने सम्बन्धित विद्यार्थीहरूले समेत भोग्न पर्ने । शैक्षिक संस्थाले कुनै अनियमितता गरेको भए त्यसतर्फ अनभिज्ञ भई आफूले पूरा गर्नुपर्ने कर्तव्य र वहन गर्नुपर्ने दायित्व पूरा गरी भर्ना भइसकेका र अध्ययन गरिरहेका विद्यार्थीले अध्ययनबाट वञ्चित भई अरूले गरेको गल्तीको सजाय भोग्नु वाञ्छनीय नहुने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10905
मुद्दाको विषयउत्प्रेषणसमेत
निर्णय वर्ष / मिति2076/10/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी.
मुद्दा नं.०७३-WO-०२४५ | ०७३-WO-०३०३ | ०७२-WO-०३१३ | ०७३-WO-०३३८ | ०७२-WO-०२९० | ०७३-WO-०३०४ | ०७३-WO-०३३७
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10905
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्