नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10895 · वि.सं. २०७९
नि.नं. 10895 — अपहरण गरी सामूहिक जबरजस्ती करणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
मासिक रक्तस्राव भएको बेला भएको सामूहिक जबरजस्ती करणी थप पीडादायिक अवस्था हो । मासिकस्रावको बेला पीडितको शारीरिक अवस्था तथा प्रतिरोधात्मक क्षमता कमजोर रहने हुँदा यसलाई सजाय बढाउने तत्त्व विद्यमान रहने अवस्थाका रूपमा हेरिनुपर्ने । यस्तो अवस्थामा वीर्य योनिमा नरहनु, बगेर जानुलाई स्वाभाविक मान्नुपर्ने । (प्रकरण नं.१२) सामूहिक रूपमा जबरजस्ती करणीमा परेको भनी आघात रहेकै अवस्थामा दिएको जाहेरी दरखास्त र घटना घटेको लामो समयपछि बकपत्र गर्दा जाहेरी र बकपत्रमा उल्लेख गरिएको केही बेहोरा फरक पर्न सक्ने कुरालाई नकार्न नसकिने । पीडितलाई परेको मनोवैज्ञानिक, सामाजिक तथा शारीरिक पीडासमेतबाट निजको कतिपय बेहोरामा सामान्य परिवर्तन आउनु स्वाभाविक हुने । यसबाट पीडितले आघात अवस्थामा दिएको जाहेरी दरखास्त र लामो समयपछि अदालतबाट भएको बकपत्रमा केही सामान्य फरक परेको हुन सक्ने । (प्रकरण नं.१९) क्षतिपूर्ति निर्धारण गर्दा वारदातबाट पीडितलाई पुग्न गएको भौतिक, शारीरिक र मानसिक पीडा एवं वारदातपश्चात् देखा पर्ने पीडितको शारीरिक, मानसिक, भावनात्मक अवस्थासमेतलाई विचार गरी पीडितको जीवनयापनमा परेको असरसमेतलाई ध्यान दिनुपर्ने । (प्रकरण नं.२४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10895 |
|---|---|
| मुद्दाको विषय | अपहरण गरी सामूहिक जबरजस्ती करणी |
| निर्णय वर्ष / मिति | 2079/02/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री शेषराज सिवाकोटी |
| मुद्दा नं. | ०६९-CR-०५५९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10895 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
