सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल २०१ नजिर अभिलेखमध्ये पृष्ठ ५ / ९

नि.नं. 9422वि.सं. २०७२संयुक्त इजलास

उत्प्रेषण / परमादेश

सरकारी कागज किर्ते गरी निवेदकले आफूले गरेको अपराध लुकाउनको लागि यस अदालतको असाधारण अधिकारक्षेत्र ग्रहण गरी अदालत प्रवेश गरेको देखिँदा निवेदक न्याय प्राप्त गर्ने असल नियतका साथ अदालत प्रवेश गरेको नदेखिने । (प्रकरण नं. ४) अदालत न्याय प्राप्त गर्नको लागि आउने ठाउ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9421वि.सं. २०७२संयुक्त इजलास

उत्प्रेषण, परमादेश

सरकारी काम कारवाही स्वच्छ, पारदर्शी, जवाफदेही एवम्‌ कानूनी तवरले गर्नु पर्दछ । जनताले पाउने सेवामा कमि आउन नदिई काम कारवाहीमा त्रुटि नगरी गर्नु उचित हुन्छ । सरकारी निर्णयहरू पूर्णरूपमा जनता उन्मुख हुनुपर्दछ । जनताको सेवा पाउने कुरामा कसैले आघात पुर्‍याउन हुँदै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9420वि.सं. २०७२संयुक्त इजलास

हातहतियार खरखजाना

हातहतियार बोकेर हिँड्ने अपराध देशभर फैलिएको अवस्थामा अदालतले हलुका रूपमा लिएको भन्ने जस्ता आत्मगत तर्कहरू पुनरावेदनमा लिएको सन्दर्भमा विचार गर्दा न्याय सम्पादन कानूनबमोजिम कानूनले तोकेको प्रकृयाअनुरूप कानूनी सिद्धान्तहरूको पृष्ठभूमिमा गरिन्छ । फगत कुरै कुराको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9419वि.सं. २०७२संयुक्त इजलास

मोही नामसारी ।

मोही नामसारी

यसरी मोहीको मृत्युपश्चात मोहीले कमाई आएको जग्गाको मोहियानी हक प्राप्त गर्नको लागि निजपछि निजको पति, पत्नी, छोरा, छोरी, आमा, बाबु, धर्मपुत्र, धर्मपुत्री, छोरा बुहारी, नाति, नातिनी बुहारी, दाजुभाइ वा दिदीबहिनीहरू मध्ये जो मोहीसँगै एकासगोलमै रहे बसेका छन् त्यस्तो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9418वि.सं. २०७२संयुक्त इजलास

ज्यान मार्ने उद्योग ।

ज्यान मार्ने उद्योग

वारदातमा पीडितको शरीरमा भएको घाउ चोटको अवस्था सामान्य प्रकृतिको देखिन आएको र सो कुरालाई प्रतिवादीका साक्षीले अदालतमा गरेको बकपत्र र जाहेरवाला स्वयम्‌ले अदालतमा आई झगडासम्म भएको भनी दिएको निवेदन व्यहोराबाट समर्थित गरेको देखिँदा प्रस्तुत वारदात ज्यान मार्ने उद्य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9417वि.सं. २०७२संयुक्त इजलास

उत्प्रेषण

स्वास्नी छोराहरू सँगसँगै रहेको अवस्थामा घरको मुख्यको हैसियतले गरेको व्यवहारप्रति निजको प्रथम जिम्मेवारी हुने भए पनि त्यस्तो व्यवहारमा ऋण खाँदा सँगै बस्नेले जिम्मेवारी लिनै नपर्ने भन्ने हुँदैन । एकासगोलको परिवारमा लिएको ऋण पनि सगोलकै सम्पत्तिबाट तिर्नपर्ने कुरा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9416वि.सं. २०७२संयुक्त इजलास

जालसाजी

व्यवहार चलाउनलाई घर जग्गा बिक्री गर्नेदेखि बाहेकको उक्त उपाय नभएको अवस्थामा घर जग्गा बिक्री गरेको कार्यलाई मात्र जालसाजी गर्‍यो भन्न मिल्दैन । जालसाजी हुनलाई त्यस्तो कार्य गर्ने व्यक्तिको बदनियत एवम्‌ सो किसिमको आचरण देखिनु पर्ने । (प्रकरण नं.४) लोग्नेबाट घरदे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9415वि.सं. २०७२संयुक्त इजलास

गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको

प्रतिवादीले बैंक ब्याज, शेयर लाभांश तथा बचतपत्रबापत प्राप्त ब्याज आफ्नो बयान मागअनुरूप हुनुपर्ने भनी पुनरावेदनपत्रमा जिकिर लिएको सम्बन्धमा विचार गर्दा त्यस्ता रकम वैध अवैध छुट्टयाउन सक्ने स्थिति नहुने हुनाले न्यायोचित अनुमानका आधारमा ३० प्रतिशतसम्म रकम आयमा गण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9414वि.सं. २०७२संयुक्त इजलास

उत्प्रेषण / परमादेश

निवेदकहरू उपर परेको पहिलो उजुरीमा अनुसन्धानको क्रममा रिट निवेदकहरूलाई कानूनबमोजिम बयान गराई प्रमाण सङ्कलन गर्ने समेतका काम सम्पन्न भएको अवस्थामा कसुरदार नदेखिएको आधारमा एकपटक निवेदकहरूलाई मुद्दा नै नचलाउने भनी निर्णय गरिसकेपछि पुनः सोही अभियोगमा मुद्दा चलाउने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9413वि.सं. २०७२पूर्ण इजलास

उत्प्रेषण / परमादेश

कानूनद्वारा गठित निकायको अध्यक्ष वा सदस्यको नियुक्ति कानूनद्वारा नै तोकिएको तरीका एवम्‌ समयावधिको लागि हुने र यसको सञ्चालन, व्यवस्थापन र अन्य कार्य प्रणाली कानूनद्वारा नै व्यवस्थित र नियमित हुने कुरामा विवाद हुन नसक्ने । राज्यका प्रत्येक निकाय र पदाधिकारीले का…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9412वि.सं. २०७२विशेष इजलास

उत्प्रेषण / परमादेश

प्राकृतिक स्रोतको बाँडफाँड भन्नाले त्यस्ता स्रोतको स्वामित्व र सार्वभौम अधिकारको सन्दर्भमा हेर्नुपर्ने हुन्छ । राज्यभित्रको स्रोतमा राज्यको सार्वभौम अधिकार निहित रहने हुनाले राज्यले आफ्नो स्रोतलाई उपयोग गरी वस्तु वा सेवा उत्पादन गर्न अनुमति दिंदा राज्यले प्रचल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9411वि.सं. २०७२विशेष इजलास

उत्प्रेषण, परमादेश

निजामती सेवालाई कस्तो बनाउने, यसको संगठनात्मक स्वरूप कस्तो हुने, पदसोपानको संरचना कुन प्रकारको राख्ने, निजामती कर्मचारीको नियुक्ति, बढुवा र बर्खासीका मापदण्ड के कस्तो आधारबाट निर्धारण गर्ने, सेवाका सर्त र सुविधाहरू के कस्तो प्रदान गर्ने भन्ने विषयहरू कर्मचारी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9410वि.सं. २०७२संयुक्त इजलास

उत्प्रेषण

कानूनद्वारा तोकिएको निकाय वा पदाधिकारीलाई भएको सरूवा गर्ने अधिकार तल्लो निकायलाई भएकामा माथिल्लो निकायले प्रयोग गर्नै नमिल्ने भनी व्याख्या गर्न नमिल्ने । विधायिकाको मनसाय सरूवा गर्दा माथिल्लो निकायका पदाधिकारीलाई भएको सरूवा गर्ने अधिकार सोभन्दा तल्लो निकाय तथा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9409वि.सं. २०७२संयुक्त इजलास

दर्ता फोड गरी दर्ता गरिपाउँ

संयुक्त दर्तामा रहेको सम्पत्तिमा अन्यथा उल्लेख भएमा बाहेक सबै दर्तावालाको बराबर हक रहेको मान्नुपर्ने हुन्छ । सो सम्पत्तिमा बराबर हक छैन भन्ने कुरा कुनै पक्षले भन्न मिल्दैन । संयुक्त दर्ता र हाँगापिच्छे सगोल लगायतको अरू दर्ताको यहि फरक हो । सगोल दर्तामा दर्तावा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9408वि.सं. २०७२संयुक्त इजलास

लेनदेन

लिखत परीक्षणमा दक्षता हासिल गरेका विशेषज्ञहरूको राय न्याय सम्पादनको सहजताको लागि भएको तथ्यमा विवाद छैन । लिखत परीक्षण वैज्ञानिक कार्य हो । वैज्ञानिक तरिकाले विवादित लिखतको परीक्षण हुने हुँदा विशेषज्ञको राय विश्वास नगर्ने मनासिब आधार र कारण भएमाबाहेक निजले व्यक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9407वि.सं. २०७२संयुक्त इजलास

उत्प्रेषण / परमादेश

नाबालकको वास्तविक संरक्षक भनेका आमा र बाबु नै हुन् । बाबु आमा छँदा छँदै कुनै खास कारणबाहेक नाबालकहरूको संरक्षक अरू हुन सक्ने अवस्था हुँदैन । एउटै परिवारकी आमाले व्यवहार गरी मुद्दा हार जित भएपछि सम्पत्ति जान लाग्यो भनी बाबुले निवेदन गरी आफ्नो भाग छुट्याई लिई सक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9406वि.सं. २०७२संयुक्त इजलास

सम्पत्ति शुद्धीकरण

अपहरण, भ्रष्टाचार, आतङ्कवाद, राजस्वको छली आदि गैरकानूनी कार्यबाट आर्जित सम्पत्ति भूमिगत रूपमा पुनः त्यस्तै गैरकानूनी कार्यमा लगानी हुने र शुद्धीकरण गर्ने चक्रहरू चलिरहने हुँदा पुनः त्यो गैरकानूनी कार्यबाट आर्जित सम्पत्ति आपराधिक कार्यमा प्रयोग नहोस् आपराधिक का…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9405वि.सं. २०७२संयुक्त इजलास

उत्प्रेषण

एउटै निर्णयउपर असाधारण अधिकार क्षेत्र र साधारण अधिकार क्षेत्रबाट मुद्दा परेको छ भने साधारण अधिकार क्षेत्र नै आकर्षित हुन आउने । (प्रकरण नं. ९) संवैधानिक व्यवस्थाअनुरूप अर्को उपचारको व्यवस्था अथवा साधारण अधिकार क्षेत्रको व्यवस्था नभएको वा सो व्यवस्था भए पनि सो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9404वि.सं. २०७२संयुक्त इजलास

उत्प्रेषण

६० वर्ष पूरा भई अवकाश भएको निवेदकलाई इ.सं. लाई वि.सं. मा रूपान्तर गर्दा फरक फरक मिति उल्लेख भए तापनि निज विद्यालयमा रही काम गरेको समयसम्मको तलब भत्ता भुक्तानी पाई सकेको स्थितिमा निजले बढी अवधि काम गरी पाएको भनिएको रकम अवकाशपश्चात् उपदानको किटानी रकमबाट कट्टा ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9403वि.सं. २०७२संयुक्त इजलास

भ्रष्टाचार

विद्यालयको सम्पत्तिको सुरक्षा गर्नु सबैको जिम्मेवारी हो भन्दैमा कसैको जिम्मेवारीमा नपर्ने गरी अर्थ गर्नु युक्तिसङ्गत हुँदैन । दायित्व सबैको आआफ्नो हुन्छ । आरोप को कसलाई लगाउने हो भन्ने विषय आरोपपत्र प्रस्तुतकर्ताको हुन्छ तर निर्णयको रोहमा अरूको पनि सम्पत्तिको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9402वि.सं. २०७२संयुक्त इजलास

उत्प्रेषण

अमूक कम्पनी वा प्रतिष्ठानको नाफा निर्धारण गर्दा कम्पनी वा प्रतिष्ठानले प्राप्त गरेको समष्टिगत नाफा त्यसमा पनि खास गरी राजस्व तिर्नुपर्ने रकम र पुँजीगत आयलाई मानिने भएपनि लगानीका कम्पनीहरूमा यसको प्रयोग हुन सक्दैन । कम्पनीको चालु आर्थिक वर्षको अवस्थाबाट यसलाई अ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9401वि.सं. २०७२संयुक्त इजलास

उत्प्रेषण

रिट अधिकारक्षेत्रअन्तर्गत यसै अदालतबाट एकपटक आदेश भई सो आदेश अन्तिम भएर रहिरहेको अवस्थामा हालसम्म त्यस्तो आदेशलाई चुनौती दिई अर्को रिट निवेदन दिन पाउने हक स्वीकार गरिएको छैन र त्यस्तो परम्परा स्थापित भएको अवस्था नहुँदा अन्तिम तहको न्यायिक निकायबाट निर्णय भै सो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9400वि.सं. २०७२संयुक्त इजलास

लागु औषध सेतो हेरोइन

आफू विरूद्ध लागेको अभियोग, कसुरका बारेमा जानकारी उपलब्ध गराउनु राज्यको प्राथमिक दायित्व हुन आउने । विदेशी नागरिकका हकमा भाषागत कठिनाइका कारण हुन सक्ने कठिनाइले न्यायिक प्रक्रियालाई नै कमजोर गराउन सक्ने हुन्छ । न्यायिक प्रक्रियाभित्र ल्याउन यस्ता विदेशी नागरिकल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 9399वि.सं. २०७२संयुक्त इजलास

जबर्जस्ती करणी

फौजदारी कसुरमा संलग्न हुने कसुरदारले एउटै व्यक्तिउपर एकै बखत विभिन्न प्रकारका कसुर गरेको खण्डमा सो प्रतिवादीउपर एउटै वारदातबाट सृजित परिणामलाई लिएर कसुरअनुसारको सजाय माग गरी एउटै मुद्दा चलाउन सक्ने भए पनि प्रस्तुत वारदात फरक फरक मितिमा भैं फरक फरक नाबालिकाउपर…

नजिर सार पढ्नुहोस् →