नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9415 · वि.सं. २०७२

नि.नं. 9415 — गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रतिवादीले बैंक ब्याज, शेयर लाभांश तथा बचतपत्रबापत प्राप्त ब्याज आफ्नो बयान मागअनुरूप हुनुपर्ने भनी पुनरावेदनपत्रमा जिकिर लिएको सम्बन्धमा विचार गर्दा त्यस्ता रकम वैध अवैध छुट्टयाउन सक्ने स्थिति नहुने हुनाले न्यायोचित अनुमानका आधारमा ३० प्रतिशतसम्म रकम आयमा गणना गरेको विशेष अदालतको फैसला मनासिब देखिने । (प्रकरण नं. २४) आरोपपत्रमा उल्लेख भएअनुसारको प्रतिवादीका जिम्मामा रहेको कुल सम्पत्तिभन्दा प्रतिवादीको वैधानिक आम्दानीको स्रोत बढी नै रहेको देखिएको उल्लिखित स्थितिमा अनुमानका भरमा प्रतिवादीलाई कसुरदार कायम गर्न र सजायको भागीदार बनाउनु कानूनको मनसायविपरीत हुने । वस्तुनिष्ठ प्रमाण र मनासिब आधार तथा कारणविना गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक जीवनयापन गरेको भनी आरोपपत्रमा आरोपित गरिनु मात्र आफैँमा पर्याप्त हुँदैन, त्यस्तो आरोप तथ्यपूर्ण, निश्चयात्मक र वास्तविक आधार र प्रमाणबाट खम्बिर हुनुपर्ने । (प्रकरण नं. २५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9415
मुद्दाको विषयगैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको
निर्णय वर्ष / मिति2071/10/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपक राज जोशी
मुद्दा नं.०६९-CR-०२४४ | ०६९-CR-०२७५ | ०६५-CR-००३१ | ०६५-CR-००४५
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9415
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्