नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9417 · वि.सं. २०७२
नि.नं. 9417 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
स्वास्नी छोराहरू सँगसँगै रहेको अवस्थामा घरको मुख्यको हैसियतले गरेको व्यवहारप्रति निजको प्रथम जिम्मेवारी हुने भए पनि त्यस्तो व्यवहारमा ऋण खाँदा सँगै बस्नेले जिम्मेवारी लिनै नपर्ने भन्ने हुँदैन । एकासगोलको परिवारमा लिएको ऋण पनि सगोलकै सम्पत्तिबाट तिर्नपर्ने कुरामा विवाद हुन नसक्ने । (प्रकरण नं. २) सगोलको परिवारमा रहँदा घर व्यवहार गर्ने मुख्य व्यक्तिको हैसियतले गरेको व्यवहारप्रतिको पहिलो जवाफदेहिता त्यस्तो व्यवहार गर्ने मुख्य व्यक्तिउपर हुनु पर्ने भएपनि त्यस्तो व्यक्तिले रेको व्यवहार सामूहिक हित प्रयोजनको लागि भएकाले त्यस्तो ऋणबाट लाभ लिने सबैले त्यस्तो ऋणप्रतिको दायित्वलाई निर्वाह गर्नु पर्ने नै हुन्छ । सगोलमा रहेको अवस्थामा सगोलको सम्पत्तिबाट बढे बढाएको सम्पत्तिमा सबैको बराबरी हक लाग्ने तर सगोलको परिवारको ऋण तिर्ने दायित्व सबैको बराबरी नहुने भन्ने हुँदैन । त्यसै हुनाले सबैले खाएको ऋणउपरको दायित्व घरको मुख्यको मात्रै हुन्छ भन्न न्यायसङ्गत र कानूनसम्मत दुवै हुन नसक्ने । पारित बन्डापत्रको मितिभन्दा अगावै खडा भएको तमसुकअनुसारको ऋण तिर्ने दायित्व ऋण खाने समयमा सँगै बस्ने १२ वर्ष उमेर पुगेका परिवारका सबै सदस्यको हुने भनी मुलुकी ऐन, दण्डसजायको २६ नं. मा कानूनी व्यवस्था भएकैबाट ऋण लिने परिवारको मुख्य व्यक्तिको सम्पत्तिमात्र पक्रनु पर्ने भन्न र त्यस्तो व्यक्तिको नाममा कुनै चल अचल सम्पत्ति केहि बाँकी रहेको नदेखिएको अवस्थामा ऋण खाँदासँगै बसेका अन्य स्वास्नी छोराहरूको नाउँमा रहेको सम्पत्तिबाट साहुले आफ्नो लेनदेनको बिगो असुल गर्न नपाउने भन्न नमिल्ने । (प्रकरण नं. ३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9417 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2071/06/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय |
| मुद्दा नं. | ०६६-WO-०२९३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9417 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
