नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9403 · वि.सं. २०७२
नि.नं. 9403 — भ्रष्टाचार
सिद्धान्त / नजिर सार (Headnote Summary)
विद्यालयको सम्पत्तिको सुरक्षा गर्नु सबैको जिम्मेवारी हो भन्दैमा कसैको जिम्मेवारीमा नपर्ने गरी अर्थ गर्नु युक्तिसङ्गत हुँदैन । दायित्व सबैको आआफ्नो हुन्छ । आरोप को कसलाई लगाउने हो भन्ने विषय आरोपपत्र प्रस्तुतकर्ताको हुन्छ तर निर्णयको रोहमा अरूको पनि सम्पत्तिको रेखदेख गर्ने जिम्मेवारी छ भन्दैमा आरोपित व्यक्तिउपर लागेको कसुरको गाम्भीर्यमा कमीचाहिँ आउँदैन । प्रधानाध्यापक विद्यालयको प्रशासकीय प्रमुख भई निजको जिम्मेवारीमा छोडिएको विषयमा आफ्नो जिम्माको होइन भन्न नमिल्ने । (प्रकरण नं. ५) बैंकको कर्मचारीले गर्नुपर्ने पासबुक भर्ने कामसमेत प्रतिवादी आफैँले गरेको कुरा स्वीकार गरेकै देखिन्छ । विद्यालयको रकमको बैंकमा जम्मा गर्ने र आम्दानी बाँध्ने काम नगर्ने तर बैंकमा जम्मा नगरिएको रकम पासबुकमा रकम उल्लेख गर्ने कार्यलाई प्रतिवादीको लापरवाही वा बदनियतपूर्ण कार्य होइन भन्न नसकिने । (प्रकरण नं. ६) विद्यालयको रकम विद्यालयकै प्रयोजनको निम्ति बाँडेको भन्ने देखिएको र बदनियत वा लापरवाहीपूर्वक हिनामिना गरेको भन्ने देखिन नआएको अवस्थामा कानूनबमोजिम फरफारक नगरेको कारणले मात्र भ्रष्टाचार नै गरेको भन्न मिल्ने हुँदैन । रकम बेरूजु हुनु र भ्रष्टाचारको कसुर अलग अलग विषय भएको हुँदा यससम्बन्धमा वादीको पुनरावेदन जिकिरसँग सहमत हुन नसकिने । (प्रकरण नं. ९) जफतको मागदाबी लिइएको जग्गा प्रतिवादीको नाममा कसरी आएको हो, जग्गा निजको नाममा आउँदाको समयसम्म निजले विद्यालयको कति रकम हिनामिना गरी भ्रष्टाचार गरेको हो र सो रकमले जग्गाको मोल बिगो खाम्न सक्दछ सक्दैन भन्नेतर्फ आरोपपत्र स्पष्ट छैन । विद्यालयको रकमबाट नै उक्त जग्गा प्रतिवादीले किनेको भनी पुष्टि हुन नआएसम्म निजको नाममा भएको उक्त जग्गालाई जफत गर्न नमिल्ने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9403 |
|---|---|
| मुद्दाको विषय | भ्रष्टाचार |
| निर्णय वर्ष / मिति | 2071/03/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ |
| मुद्दा नं. | ०६६-CR-०३४७ | ०६७-CR-१२३९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9403 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
