नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9413 · वि.सं. २०७२
नि.नं. 9413 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
कानूनद्वारा गठित निकायको अध्यक्ष वा सदस्यको नियुक्ति कानूनद्वारा नै तोकिएको तरीका एवम् समयावधिको लागि हुने र यसको सञ्चालन, व्यवस्थापन र अन्य कार्य प्रणाली कानूनद्वारा नै व्यवस्थित र नियमित हुने कुरामा विवाद हुन नसक्ने । राज्यका प्रत्येक निकाय र पदाधिकारीले कानूनबमोजिम आफ्नो काम गर्नुपर्ने हुन्छ । शासन विधिको हुनुपर्दछ व्यक्तिको होइन भन्ने विधिको शासनको मूलभूत सिद्धान्त हो । कानूनबमोजिम नभएको वा कानूनको उचित प्रक्रिया पूरा नगरी गरिएको कार्य वा निर्णय बदरभागी हुने । ऐनमा नै सदस्यहरूको पदावधि चार वर्षको हुने भनी किटान गरेको अवस्थामा सो पदावधि समाप्त नहुँदै अवकाश दिने गरी भएको माननीय मन्त्रिस्तरीय निर्णय प्रेस काउन्सिल ऐन, २०४८ को हुने । सार्वजनिक पदाधिकारीलाई नियुक्तिकर्ताको इच्छाअनुकूलको अवधिसम्म बहाल राख्ने र इच्छाअनुकूल नै हटाउन हुन्छ भन्न मिल्दैन । सार्वजनिक पदाधिकारीको नियुक्ति र बर्खासी नियुक्ति गर्ने पदाधिकारीको इच्छाबाट निर्देशित गर्न मिल्दैन र यो कुरा Doctrine of Pleasure को सिद्धान्त अनुकूल हुँदैन । कानूनको शासनको सिद्धान्तले पनि त्यस्तो निर्णयलाई समर्थन नगर्ने । (प्रकरण नं. ५) सम्बन्धित ऐनमा पदावधिको प्रष्ट व्यवस्था भएको, तर नियुक्ति दिँदा नियुक्तिकर्ताले पदावधि उल्लेख नगरेको वा घटी पदावधि उल्लेख गरेको वा बढीमा भन्ने शब्द प्रयोग गरी सो पदावधिलाई घटबढ गराउने गरी निर्णय गरेको देखिए त्यस्तो निर्णयलाइ कानूनसङ्गत भन्न मिल्ने हुँदैन । कानूनले खास पदावधि तोकिएको अवस्थामा सो किटानी तोकिएको पदावधिसम्म निजले काम काज गर्न पाउने नै हुन आउने । (प्रकरण नं. ६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9413 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2071/06/30 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ | माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा | माननीय न्यायाधीश श्री अवधेशकुमार यादव | माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्माको छुट्टै राय । | माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्माको रिट खारेज हुने भनी छुट्टै राय भएकाले सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम प्रस्तुत रिट निवेदन पूर्ण इजलाससमक्ष पेस गर्नु भन्ने समेत व्यहोराको मिति २०६७।९।२५ को माननीय न्यायाधीश श्री अवधेशकुमार यादवको छुट्टै राय । | माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्माद्वारा व्यक्त राय सदर हुनुपर्दछ भन्नेसमेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो । |
| मुद्दा नं. | ०६७-WF-००२१ | ०६६–WO–०३४८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9413 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
