नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9416 · वि.सं. २०७२

नि.नं. 9416 — जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

व्यवहार चलाउनलाई घर जग्गा बिक्री गर्नेदेखि बाहेकको उक्त उपाय नभएको अवस्थामा घर जग्गा बिक्री गरेको कार्यलाई मात्र जालसाजी गर्‍यो भन्न मिल्दैन । जालसाजी हुनलाई त्यस्तो कार्य गर्ने व्यक्तिको बदनियत एवम्‌ सो किसिमको आचरण देखिनु पर्ने । (प्रकरण नं.४) लोग्नेबाट घरदेखि अन्यत्रै बसोबास गरेको भन्न नसकेको अवस्थामा घरमा लोग्नेसँग सँगै बस्ने वादीले लोग्नेले गरेको व्यवहार थाहा नपाउने भन्ने अवस्था पनि नहुने । (प्रकरण नं. ६) लोग्नेसँग सँगै घरमा बसेको अवस्थामा ४ वर्षपछि लोग्नेले घर जग्गा बिक्री गरेको कुरा थाहा पाएको भनी थाहा पाएको मितिबाट हदम्याद कायम गरी वादी जालसाजीतर्फको दाबी लिई आएकोलाई उपचारको उचित मार्ग अवलम्बन गरी आएको भन्न मिल्दैन । घर जग्गा बिक्री गरेको लोग्नेसँग साथैमा एउटै घरमा बसेकी श्रीमती यी पुनरावेदक वादीलाई लोग्नेले घर जग्गा बिक्री गरेको कुरा तत्कालै थाहा नहुने कुरै नहुँदा बसी रहेको घर छोड्न नपरोस् भन्ने उद्देश्यले मात्रै जालसाजीतर्फको दाबी गरेको भन्नु पर्ने अवस्था आउँछ । यस्तोमा जालसाजीतर्फको हदम्यादसमेत आकृष्ट हुन नसक्ने । (प्रकरण नं. ७) सुरू तहमा फैसला गर्नेः मा.न्या.श्री नारायणप्रसाद पोखरेल पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या.श्री हरिराम कोइराला मा.न्या.श्री किशोर सिलवाल

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9416
मुद्दाको विषयजालसाजी
निर्णय वर्ष / मिति2071/08/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय
मुद्दा नं.०६८–CR–०२३९
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9416
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्