नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9401 · वि.सं. २०७२

नि.नं. 9401 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

रिट अधिकारक्षेत्रअन्तर्गत यसै अदालतबाट एकपटक आदेश भई सो आदेश अन्तिम भएर रहिरहेको अवस्थामा हालसम्म त्यस्तो आदेशलाई चुनौती दिई अर्को रिट निवेदन दिन पाउने हक स्वीकार गरिएको छैन र त्यस्तो परम्परा स्थापित भएको अवस्था नहुँदा अन्तिम तहको न्यायिक निकायबाट निर्णय भै सो निर्णय अभिलेखको रूपमा रहेको अवस्थामा सोही विषयलाई उही निकायको समान तहको इजलासबाट त्यस्तो निर्णय बदर गर्न सक्ने अवस्था पनि नरहने । एउटै विषयमा अन्तिम तहको न्यायिक निकायको समान तहको इजलासबाट बदर गर्दै जाने हो भने मुद्दा अन्तिम पनि कहिल्यै हुन नसक्ने हुँदा कानूनबमोजिम पुनरावलोकन गर्ने अवस्थामा बाहेक समानस्तरमा आफैँले आफैँलाई वा आफ्नो विरूद्ध आफैँले रिट जारी गर्ने अवस्था कतै पनि स्वीकार गरिएको नपाइने । (प्रकरण नं. ७) मुद्दा चलाउने आदेश हुनुपूर्व नै आफ्नो कुरा भन्ने मौका पाउनु पर्ने भन्ने हकमा अभियोजनपूर्व नै त्यस्तो अधिकारको दाबी गर्न सकिने सैद्धान्तिक आधारसमेत नदेखिँदा प्राकृतिक न्यायको सिद्धान्तबमोजिम आफ्नो प्रतिवाद गर्ने मौका नै प्राप्त नहुने अथवा गुमिसकेको भन्ने अवस्थालाई प्राकृतिक न्यायको सिद्धान्तविपरीत भनी पूर्ण इजलाससमेतको निष्कर्षबाट चलेको मुद्दाको निष्कर्षको रूपमा लिन नमिल्ने । मुद्दामा अभियोजन भन्नु र फैसला भन्नु फरक कुरा हो । फैसला हुँदा पूरा तवरले इन्साफ गर्न अदालत स्वतन्त्र रहन्छ र प्रतिवादीको हैसियतले आफ्नो सम्पूर्ण प्रतिवाद गर्न रोकेको नदेखिने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9401
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2071/10/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
मुद्दा नं.०६७-WO-११७३ | ०६६-WO-०५८४
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9401
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्