नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9404 · वि.सं. २०७२

नि.नं. 9404 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

६० वर्ष पूरा भई अवकाश भएको निवेदकलाई इ.सं. लाई वि.सं. मा रूपान्तर गर्दा फरक फरक मिति उल्लेख भए तापनि निज विद्यालयमा रही काम गरेको समयसम्मको तलब भत्ता भुक्तानी पाई सकेको स्थितिमा निजले बढी अवधि काम गरी पाएको भनिएको रकम अवकाशपश्चात् उपदानको किटानी रकमबाट कट्टा गर्ने गरी भएको आदेश नै प्रस्तुत विषयको मूल विवेचित प्रश्न देखिँदा शिक्षा नियमावली, २०५९ को छैठौं संशोधनपूर्वको व्यवस्थाले पनि ६० वर्ष पूरा भएपछि अवकाश दिने व्यवस्था गरेकै हुँदा वर्तमान व्यवस्था नै निवेदकको अवकाशको बाधक रहेको भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं. ३) शिक्षक कर्मचारीको वैयक्तिक विवरण अद्यावधिक राख्नु पर्ने दायित्व भएको विद्यालय शिक्षक किताबखानाले निवेदकलाई अवकाश हुने मितिको पूर्व जानकारी गराएको स्पष्ट आधार खुलाउन सकेको देखिँदैन । साथै निज कार्यरत विद्यालय र सोको नियमनकारी निकाय जिल्ला शिक्षा कार्यालय पाँचथरसमेतले निवेदकले उल्लेख गरेको अवकाश मितिकै आधारमा अनिवार्य अवकाश दिई निजले पाउने सुविधाको निमित्त सिफारिस गरेको देखिँदा बढी अवधि काम गरेकै भन्ने आधारमा पछि आएर निर्णय गरी औषधोपचार रकमबाट रू. १,२३,६३४।- कट्टा गर्नु न्यायोचित देखिन नआउने । ऐन र नियममा भएको कुनै पनि व्यवस्थाहरू निरपेक्ष नभई सापेक्षरूपमा प्रयोग भएका हुन्छन् । समयमै पूर्व जानकारी नगराई अवकाश नदिई निरन्तर काममा लगाई सेवा लिई रहेको विद्यालयले सेवा गरेबापत निजलाई उपलब्ध गराएको तलब भत्ता फिर्ता गर्नु वा कट्टा गर्नु भन्ने निर्णय काम गरे बापत उचित ज्याला पाउने भन्ने श्रमसम्बन्धी विधिशास्त्रीय अवधारणाको विपरीतसमेत हुने देखिने । निवेदकलाई निजको अवकाश हुने मितिको पूर्व जानकारी गराउने दायित्वबाट विपक्षी किताबखानासमेतबाट भएको कमजोरी वा भूलको प्रतिफल यी निवेदकले व्यहोर्नु पर्छ भन्नु कानून र न्यायका मान्य सिद्धान्तविपरीत हुने देखिने । (प्रकरण नं. ४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9404
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2072/03/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल | माननीय न्यायाधीश श्री दीपकराज जोशी
मुद्दा नं.०६८-WO-०११३
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9404
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्