नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9402 · वि.सं. २०७२

नि.नं. 9402 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

अमूक कम्पनी वा प्रतिष्ठानको नाफा निर्धारण गर्दा कम्पनी वा प्रतिष्ठानले प्राप्त गरेको समष्टिगत नाफा त्यसमा पनि खास गरी राजस्व तिर्नुपर्ने रकम र पुँजीगत आयलाई मानिने भएपनि लगानीका कम्पनीहरूमा यसको प्रयोग हुन सक्दैन । कम्पनीको चालु आर्थिक वर्षको अवस्थाबाट यसलाई अलग-अलग गर्न पनि नमिल्ने । स्वीकार गरिएको नाफा अन्तर्गत व्यवसायबाट प्राप्त नाफा र पुँजीगत व्यापारबाट प्राप्त नाफालाई समावेश गरिए पनि यसलाई सीमान्तकृत नाफा भन्न मिल्दैन । कतिपय अवस्थामा यस्तोप्रकारका नाफालाई पुँजीगतसमेत गर्ने गरिन्छ । सेयर बिक्रीबाट प्राप्त भएको रकम त सेयरधनीको अमूक कम्पनीमा लगानी गरेबापत प्राप्त भएको पुँजीगत रकमको अंश हो । यसलाई प्रथमत: सेयरधनीले बहन गर्नुपर्ने दायित्वको रूपमा र द्वितीयत: कम्पनीले घोषणा गरेको लाभको रकमको हिस्साको रूपमा लिने गरिन्छ । यो केबल रकममात्र नभई लगानीकर्ताका बीचमा भएको सम्झौताबापतको पुँजीगत ब्याजसमेतको अंश हो जसको प्रत्यक्ष लाभग्राही सेयरधनी हुने हो । सेयर लगानी गरेका लगानीकर्ताहरूले नै लाभांश घोषित गरेको अवस्थामा मात्र उक्त सेयरको पुँजीगत अंश परिचालन बापत प्राप्त आयमा लाभान्वित हुने अवस्था रहिरहने । (प्रकरण नं. ५) निवेदकहरूले Golden Handshake अन्तर्गत प्याकेजमा सुविधा प्राप्त गरी अवकाश लिएको देखिँदा कम्पनीको कर्मचारी नियमावलीको संशोधनपछि अवकाश पाएका कामदार कर्मचारीको हकमा संशोधनको अधिनमा रहेर मात्रै उत्पादकत्व पुरस्कार पाउन सक्ने हुनाले सोको प्रावधान तथा मान्यतालाई अनदेखा गर्न नमिल्ने । (प्रकरण नं. ६) कम्पनीको सेयरबाट प्राप्त आयलाई बिमा व्यवसायबाट प्राप्त आय भन्न मिल्ने देखिँदैन । सेयर भै रहेको पूँजीको अंश हो । सेयरको बिक्रीबाट तथा सेयरबाट नै उत्पादकत्व पुरस्कार भनी वितरण गर्न नमिल्ने । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9402
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2071/03/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री  देवेन्द्र गोपाल श्रेष्ठ
मुद्दा नं.०६९-WO–०१६६
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9402
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्