नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9400 · वि.सं. २०७२
नि.नं. 9400 — लागु औषध सेतो हेरोइन
सिद्धान्त / नजिर सार (Headnote Summary)
आफू विरूद्ध लागेको अभियोग, कसुरका बारेमा जानकारी उपलब्ध गराउनु राज्यको प्राथमिक दायित्व हुन आउने । विदेशी नागरिकका हकमा भाषागत कठिनाइका कारण हुन सक्ने कठिनाइले न्यायिक प्रक्रियालाई नै कमजोर गराउन सक्ने हुन्छ । न्यायिक प्रक्रियाभित्र ल्याउन यस्ता विदेशी नागरिकलाई पक्राउ गर्दा, अभियोजन गर्दा तथा निज विरूद्ध भएको जुनसुकै न्यायिक कारवाहीमा निजलाई सोधपुछ, निजको बयान तथा निजउपरको न्यायिक दायित्व वहन गराउनसमेतका लागि निजले बुझ्न सक्ने दोभाषेसमेतको व्यवस्था गर्न अनुसन्धान निकाय अभियोजनको निकाय एवम् यस अदालत र मातहतका सबै अदालतहरूमा यथासम्भव प्रतिवादीले बुझ्न वा बोल्न सक्ने भाषा जान्ने व्यक्तिहरूको सूची तयार पारी नियमित वा पटके जुनरूपमा व्यवस्था गर्न व्यावहारिक र सम्भव हुन्छ सोहीरूपमा आवश्यकताअनुसार सेवा लिने र सेवा उपलब्ध गराउने नीतिगत र कार्यगतरूपमा निश्चित व्यवस्था अविलम्ब गराउनु, भाषागत एवम् भाषा जान्ने व्यक्तिको सेवा लिनुपर्ने स्थानको क्षेत्रगत आधारमा दोभाषेहरूको सूची तयार गरी राख्ने व्यवस्था गर्नु, दोभाषेको सेवा लिने गर्दा त्यस्तो दोभाषे छनौट गर्ने, सेवा लिए बापतको शुल्क वा पारिश्रमिक दिने व्यवस्था, दोभाषेको जवाफदेहिताको अतिरिक्त दोभाषेको सेवालाई नियमित बनाउन आवश्यक निर्देशिकासहितको व्यवस्था गर्नु र तत्कालको लागि कम्तिमा अङ्ग्रेजी विषयमा स्नातक उत्तीर्ण गरेको दोभाषेसमेत नियुक्त गर्न जो चाहिने आवश्यक प्रबन्ध गर्नु भनी प्रहरी प्रधान कार्यालय, महान्यायाधिवक्ताको कार्यालय एवम् यस अदालतका रजिस्ट्रारको नाउँमा निर्देशनसमेत जारी हुने । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9400 |
|---|---|
| मुद्दाको विषय | लागु औषध सेतो हेरोइन |
| निर्णय वर्ष / मिति | 2071/07/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री गोविन्द कुमार उपाध्याय |
| मुद्दा नं. | ०६७–CR–०५३८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9400 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
