नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9409 · वि.सं. २०७२
नि.नं. 9409 — दर्ता फोड गरी दर्ता गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
संयुक्त दर्तामा रहेको सम्पत्तिमा अन्यथा उल्लेख भएमा बाहेक सबै दर्तावालाको बराबर हक रहेको मान्नुपर्ने हुन्छ । सो सम्पत्तिमा बराबर हक छैन भन्ने कुरा कुनै पक्षले भन्न मिल्दैन । संयुक्त दर्ता र हाँगापिच्छे सगोल लगायतको अरू दर्ताको यहि फरक हो । सगोल दर्तामा दर्तावाला भनेको आलङ्कारिक हुन्छ । सगोल जग्गामा दर्तावाला लगायतका अंसियारहरूको हक हुन्छ । संयुक्त दर्तामा बराबर हक हुन्छ । प्रस्तुत दर्तामा यी प्रतिवादी आफैँ सहभागी भै कहिँकतै नालिश नगरी चित्त बुझाई व्यवहारसमेत चलाई बसेको र वादीले दर्ता फुटाउनका लागि कारवाही चलाएपछि प्रतिउत्तरपत्रबाटमात्र यो विवाद खडा गरेकोलाई मनासिब मान्न नमिल्ने । अपुतालीको विवादलाई संयुक्त दर्ताले टुङ्ग्याई सकेको छ । संयुक्त दर्ताभन्दा पहिलेको अपुताली हक हिस्साको कुरालाई फेरी ब्युँताउनका लागि विबन्धन, समर्पण, व्यवहार तथा कारोबारको निश्चितता (certainty of transactions), असल नियत, सदाचार र नैतिकता सबै कुराले प्रतिवादीलाई छेकेको छ । ती छेकबारहरू निरर्थक हुने गरी अपुतालीको महल लगायतका कानूनले प्रतिवादीलाई मद्दत गरेको र प्रतिवादीले ती कानूनको आधार लिन सकेको देखिँदैन । उल्टो यसमा अपुतालीको महलको २० नं. को हदम्यादको छेकबारसमेत लाग्ने अवस्था रहने । (प्रकरण नं. ५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9409 |
|---|---|
| मुद्दाको विषय | दर्ता फोड गरी दर्ता गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2071/12/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपकराज जोशी | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय |
| मुद्दा नं. | ०७०-CI-०४१६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9409 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
