नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9414 · वि.सं. २०७२

नि.नं. 9414 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

निवेदकहरू उपर परेको पहिलो उजुरीमा अनुसन्धानको क्रममा रिट निवेदकहरूलाई कानूनबमोजिम बयान गराई प्रमाण सङ्कलन गर्ने समेतका काम सम्पन्न भएको अवस्थामा कसुरदार नदेखिएको आधारमा एकपटक निवेदकहरूलाई मुद्दा नै नचलाउने भनी निर्णय गरिसकेपछि पुनः सोही अभियोगमा मुद्दा चलाउने भनी गरेको निर्णय कानूनतः मिल्ने नदेखिने । (प्रकरण नं. ५) सुरू कारवाही र किनारा गर्ने अधिकारभित्र अभियोग पत्र पेस गर्ने गरी आदेश गर्न पाउने अधिकार समावेश भएको मान्न नमिल्ने । अमुक व्यक्तिलाई कुनै अमुक मुद्दामा सजायको मागदाबी लिई अभियोजन गर्नु भनी मुद्दाको रोहमा आदेश गर्नु संवैधानिक र कानूनी व्यवस्थाको विपरीत हुनुको साथै स्वतन्त्र न्यायपालिकासम्बन्धी अवधारणा र मूल्यमान्यताको विपरीत हुने देखिने । (प्रकरण नं. ६) यी रिट निवेदकहरू कसुरदार नदेखिएको भन्ने आधारमा मुद्दा नचल्ने गरी सरकारी वकिल कार्यालयबाट निर्णय भई सोही निर्णयको आधारमा निजहरूको हकमा अभियोगपत्र पेस नभएपछि निजहरूलाई सोही कसुरमा पुनः अनुसन्धान तहकिकात गरी पूरक अभियोजन गर्ने गरेको विपक्षी निकायहरूको कार्यलाई प्रचलित संविधान एवम्‌ कानून र न्यायिक मूल्य मान्यताअनुरूपको मान्न मिल्ने नदेखिने । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9414
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2071/05/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
मुद्दा नं.०६९-WO-१२६७
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9414
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्