नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9411 · वि.सं. २०७२

नि.नं. 9411 — उत्प्रेषण, परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

निजामती सेवालाई कस्तो बनाउने, यसको संगठनात्मक स्वरूप कस्तो हुने, पदसोपानको संरचना कुन प्रकारको राख्ने, निजामती कर्मचारीको नियुक्ति, बढुवा र बर्खासीका मापदण्ड के कस्तो आधारबाट निर्धारण गर्ने, सेवाका सर्त र सुविधाहरू के कस्तो प्रदान गर्ने भन्ने विषयहरू कर्मचारी प्रशासनको क्षेत्रमा विकसित मान्यता, सिद्धान्त र प्रचलनलाई ध्यान दिई देशको अवस्था र आवश्यकताअनुरूप राज्यले अख्तियार गर्ने नीतिमा भर पर्ने विषय भएको हुँदा न्यायिकरूपमा व्यवस्थापन हुने विषय मान्न नमिल्ने । (प्रकरण नं. ३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9411
मुद्दाको विषयउत्प्रेषण, परमादेश
निर्णय वर्ष / मिति2071/12/12
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल | माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय
मुद्दा नं.०७०-WS-००४२
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9411
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्