सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ४५ / ४४०

नि.नं. 10453वि.सं. २०७७संयुक्त इजलास

कर्तव्य ज्यान

तथ्यलाई स्वीकार गर्नु र कसुर स्वीकार गर्नु फरक फरक विषय हो । तथ्यलाई स्वीकार गर्दा पनि सो कुराकानी सौहार्दपूर्ण रूपमा भएको, कुनै वादविवादको अवस्था नदेखिएकोमा तथ्यको स्वीकारोक्तिलाई कसुर स्वीकार गरेको भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.१२) वारदात मितिभन्दा धेरै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10452वि.सं. २०७७संयुक्त इजलास

उत्प्रेषण / परमादेश

सर्वसाधारण नागरिकको स्वास्थ्य र सुविधा कायम राख्न नेपालको संविधानले मौलिक हकको रूपमा व्यवस्था गरिएको विषय कुनै अन्तर्राष्ट्रिय सन्धि, सम्झौता वा अनुबन्धमा पक्ष राष्ट्र नभएकै कारणबाट राज्य आफ्नो आधारभूत जिम्मेवारीबाट पन्छिन नसक्ने । (प्रकरण नं.५) मौलिक हकमा कुन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10451वि.सं. २०७७संयुक्त इजलास

उत्प्रेषण

निजामती सेवा नियमावली, २०५० को नियम १२३ को कानूनी व्यवस्थालाई हेर्दा समान तहमा एक सेवाबाट अर्कोमा खुला परीक्षाद्वारा नियुक्त भई गएको अवस्थामा पहिलाको सेवा अवधिलाई बढुवा हुँदा ज्येष्ठता प्रयोजनका लागि जोड्न नमिल्ने तथा उक्त सेवा अवधिको अङ्क गणना गर्न नमिल्ने भन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10450वि.सं. २०७७संयुक्त इजलास

उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर

कम्पनी सञ्चालनमा जिम्मेवार नरहेका सञ्चालक तथा सेयर होल्डरहरूलाई कम्पनीमा भएको कसुर वा कम्पनीको उत्पादनमा गुणस्तर कायम नरहेको विषय जानकारी नहुन पनि सक्ने हुँदा कम्पनीको सञ्चालक भएकै कारणले मात्र कम्पनीमा भएको कसुरमा जिम्मेवार तुल्याउनु न्यायका दृष्टिले उचित नदे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10449वि.सं. २०७७पूर्ण इजलास

अंश चलन

एकपटक स्वीकार गरिसकेको मानो छुट्टिएको मितिलाई अस्वीकार गरी पुनरावलोकनको निवेदनमा चित्त नबुझाएको भनी उक्त मितिका सम्बन्धमा लेखिएको बेहोरालाई औचित्यपूर्ण र विवेचनायुक्त तथ्य मान्न नमिल्ने । (प्रकरण नं.४) अदालतमा प्रश्न उठेपछि बन्डा हुन योग्य पैतृक सम्पत्तिको न्य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10448वि.सं. २०७७पूर्ण इजलास

मोही नामसारी

पुर्खाले निश्चित धार्मिक प्रयोजनको लागि खडा गरेको निजी गुठी पछिल्ला पुस्ताले गुठीको प्रयोजन लोप गरी तथ्य लुकाई निजी बनाउने, त्यस्ता गुठियारले धार्मिक गुठी जग्गा रैकरमा परिणत गरी बेचबिखन गरी आफूलाई व्यक्तिगत लाभ पुर्‍याउने जस्ता काम गर्न छुट दिन नसकिने । एकातिर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10447वि.सं. २०७७पूर्ण इजलास

हालैदेखिको बकसपत्र लिखत बदरसमेत

घरमूलीको भूमिकामा रहेको पिता /पतिको आफ्नो परिवारप्रति सामाजिक, सांस्कृतिक र आर्थिक दायित्व रहनुका साथै सामाजिक, सांस्कृतिक र आर्थिक दायित्व वहन गर्ने क्रममा निजको संरक्षकत्वमा रहेका व्यक्तिप्रति साम्पत्तिक हकको संरक्षण गर्नुसमेत निज अभिभावकको मुख्य दायित्व हुन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10446वि.सं. २०७७संयुक्त इजलास

बैकिङ कसुर (चेक अनादर)

कानूनमा देवानी र फौजदारी तथा दुनियाँवादी फौजदारी र सरकारवादी फौजदारी भई मुद्दा चल्नसक्ने साझा मार्ग विद्यमान रहेको अवस्थामा जुन कानूनी मार्ग अपनाई न्यायिक उपचार खोज्दा समाजमा शान्ति र अमनचयन कायम भई व्यक्ति व्यक्तिबिचको व्यवहार र सम्बन्ध नियमित एवं पीडितलाई प्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10445वि.सं. २०७७संयुक्त इजलास

कर्तव्य ज्यान

न्यायिक सक्रियता र न्यायकर्ताको स्वविवेकीय अधिकार कानूनी छिद्र प्रयोग गरी सिमित मानिसलाई फाइदा वा बेफाइदा पुग्नेगरी होइन की यसलाई न्यायकर्ताले नै न्यायको कसीमा उच्च नैतिकता र विवेकका साथ प्रयोगमा ल्याउनुपर्ने । (प्रकरण नं.३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10444वि.सं. २०७७संयुक्त इजलास

उत्प्रेषण

समाजका कमजोर वर्ग खास गरी दलित, आदिवासी र महिलाहरूलाई संविधानले पर्याप्त मात्रामा समर्थन प्रदान गरेको हुँदा त्यस आधारमा उनीहरूलाई कानून निर्माणको प्रक्रियादेखि नै राज्यका सबै अङ्ग, निकाय र क्षेत्रमा समावेशीको रूपमा सहभागी गराएर सुविधा र सहुलियतसमेत प्रदान गरिन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10443वि.सं. २०७७संयुक्त इजलास

जबरजस्ती करणी

करणीको कसुरमा हुनुपर्ने अन्य कुराहरूको विद्यमानता भएपछि पीडितको योनिलाई लिङ्गले नै छोएको हो वा शरीरको अन्य अङ्गले छोयो भन्ने कुरा करणीको विधिशास्त्रीय मान्यतामा गौण विषय हुने l जबरजस्ती करणीको कसुरमा अर्काको शरीरलाई निजको चेतयुक्त इच्छाबेगर नियन्त्रणमा लिई यौन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10442वि.सं. २०७७संयुक्त इजलास

अंश चलन

विवाह दर्ता विवाहलाई पुष्टि गर्ने एक विश्वसनीय तथा आधिकारिक प्रमाण हो तर विवाह दर्ता नभएको अवस्थामा विवाह नै नभएको भनी निष्कर्षमा पुग्नु तर्कसङ्गत नहुने । (प्रकरण नं.६) राहदानीमा आफ्नो नामसहित पतिको थर नराखेको र निकटतम व्यक्तिको महलमा पतिको नाम नराखेको भन्‍ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10441वि.सं. २०७७संयुक्त इजलास

लिखत बदर दर्ता बदर दर्ता

एउटै जग्‍गाका सम्बन्‍धमा तहतह बिक्री भई नालिस परेको अवस्थामा मूल लिखत बदर नगरी पछिल्‍लो लिखत बदर गर्न कानूनत मिल्‍नेसमेत नदेखिँदा हदम्‍यादको गणना गर्दा लिखत पारित भएको पहिलो मितिलाई नै आधार मान्‍नु पर्ने । (प्रकरण नं.७) कानूनले निर्धारण गरेको हदम्‍याद नाघेपछि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10440वि.सं. २०७७संयुक्त इजलास

कुटपिट

सजाय प्रतिवादीले गरेको कसुरबापत बेहोर्नु पर्ने व्यक्तिगत दायित्व हो । जहाँ कानूनले दामासाही हुने भनी स्पष्ट उल्लेख गरेको छ सो अवस्थामा बाहेक सजाय गर्दा जनही सजाय नै निर्धारण गर्नुपर्ने । (प्रकरण नं.६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10439वि.सं. २०७७संयुक्त इजलास

उत्प्रेषण / परमादेश

जुन आरोप लगाएर कुनै व्यक्तिले गरिरहेको रोजगारीबाट वञ्चित गरिएको छ, सो आरोपबारे आफैँ धारणा वा सफाइ राख्न पाउनु व्यक्तिको नैसर्गिक हकभित्रै पर्ने । (प्रकरण नं.४) कसुरको यकिन नगरी स्पष्टीकरण सोध्ने र पूरक कसुर र कानून उल्लेख गरी सजाय गर्नु न्यायोचित नहुने । (प्रक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10438वि.सं. २०७७संयुक्त इजलास

हक कायमसमेत

प्रतिकूल भोगाधिकार हुनको लागि सम्पत्तिको स्वामीबाहेक अन्य व्यक्तिले लामो समयसम्म आफ्नो सम्पत्तिसरह बिना रोकावट भोग गरी बसेको अवस्थालाई प्रतिकूल भोगाधिकारको रूपमा लिनुपर्ने । (प्रकरण नं.५) स्वामित्ववालाको जानकारी बिना, गोप्य रूपमा चोरी, बलपूर्वक र जबरजस्ती रूपम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10437वि.सं. २०७७संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

मिसिल खोजी गर्दा फेला पर्न नसकेको भनिए तापनि अदालतमा भएको फैसलाबमोजिमको लगत राख्ने प्रक्रिया कानूनअनुसार नै हुन्छ । सो लगतको अस्तित्व स्वतः सिर्जना हुने होइन । अदालतमा फैसलाबमोजिम कैद जरिवाना असुलउपर गर्न लगत कसी राखेको अभिलेखलाई अन्यथा प्रमाणित नभएसम्म सो लगत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10436वि.सं. २०७७संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

कुनै अपराध भएको भन्ने सूचनाको आधारमा अनुसन्धान प्रक्रियाको थालनी भएपछि सोही कसुरमा मात्रै अभियोजन हुनुपर्दछ भन्ने मान्यता स्थापित हुने हो भने अनुसन्धान र अभियोजन कार्यको परिभाषा नै सीमित हुन पुग्ने । (प्रकरण नं.१०) कानूनबमोजिम अनुसन्धान वा अभियोजन गर्ने जिम्मे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10435वि.सं. २०७७संयुक्त इजलास

दोहोरो रोक्‍का फुकुवा

जुन प्रयोजनको लागि सर्वप्रथम सम्पत्ति रोक्का राख्ने कार्य भएको हुन्छ सो प्रयोजन समाप्त नभई अरू निकायबाट राखिएको दोहोरो रोक्का कार्यान्वयन हुन सक्दैन । पहिलो रोक्काबाट नै सो सम्पत्ति लिलाम भइसकेको अवस्थामा सो सम्पत्तिमा अन्य निकायबाट राखिएको सर्तसहितको पटक पटकक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10434वि.सं. २०७७संयुक्त इजलास

परमादेश

जसरी कर्जादाता संस्थाले कर्जा दिँदा घरजग्गा धितो राख्न सक्छ त्यसरी नै कर्जा चुक्ता भएपछि सो प्रयोजनको लागि राखिएको धितोसमेत फुकुवा गरिदिनु पर्ने । (प्रकरण नं.११) सेवाग्राहीले सहकारी संस्थाको ऋण चुक्ता गरिसकेको अवस्थामा धितो प्रयोजनका लागि राखिएको घर जग्गा फुकु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10433वि.सं. २०७७संयुक्त इजलास

उत्प्रेषण / परमादेश

आफूले के कुन स्तरको काम गर्न के कति रकम आवश्यक पर्दछ सो कार्य सम्पन्न गर्नको लागि आफ्नो कम्पनीको क्षमताले भ्याउँछ भ्याउँदैन जस्ता कुराहरूको पूर्वविचार गरेर मात्र बोलपत्र भर्नुपर्नेमा बोलपत्र स्वीकृत भई सम्झौता गर्न बोलाएको अवस्थामा आएर मात्र काम गर्न नसक्ने भन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10432वि.सं. २०७७संयुक्त इजलास

आमा सुरक्षा कार्यक्रमको भत्ता रकम हिनामिना गरी भ्रष्टाचार गरेको

संवैधानिक तथा कानूनी व्यवस्थाले प्रसूति सेवालाई अत्यावश्यक सेवा मानेको परिप्रेक्ष्यमा मानवीय हिसाबले पनि प्रसूति जस्तो अत्यावश्यक सेवा लिन आएका महिलालाई स्वदेशी वा विदेशी भन्ने आधारमा छुट्‍याएर व्यवहार गर्नु महिलाको प्रजनन हकको कोणबाट न्यायोचित हुन नसक्ने । (प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10431वि.सं. २०७७संयुक्त इजलास

जबरजस्ती करणी

भौतिक सबुद प्रमाणसँग कुनै छेडछाड (Tamper) गरिएको छैन भने यसले कुनै कुरालाई प्रमाणित गर्न वा खण्डन गर्न विश्‍वसनीय आधार दिन्छ । जुन मानव साक्षीको भन्दा बढी भरपर्दो हुन्छ । प्रस्तुत वारदातमा अनुसन्धानको क्रममा सङ्कलन भएको भौतिक सबुद प्रमाणसँग कुनै किसिमको छेडछाड…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10430वि.सं. २०७७पूर्ण इजलास

कर्तव्य ज्यान

ज्यानसम्बन्धीको १७ नं. को व्यवस्थालाई परम्परागत फौजदारी कानूनको भाषामा व्याख्या गर्दा मतलबमा पस्ने त्यस्तो व्यक्तिले वारदात स्थलमा उपस्थित भई वारदात घटाउन प्रत्यक्ष सहयोग गरेको अवस्थामा निज मुख्यतः दोस्रो तहको मुख्य कसुरदार (Principal in the second degree, or…

नजिर सार पढ्नुहोस् →