नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10449 · वि.सं. २०७७
नि.नं. 10449 — अंश चलन
सिद्धान्त / नजिर सार (Headnote Summary)
एकपटक स्वीकार गरिसकेको मानो छुट्टिएको मितिलाई अस्वीकार गरी पुनरावलोकनको निवेदनमा चित्त नबुझाएको भनी उक्त मितिका सम्बन्धमा लेखिएको बेहोरालाई औचित्यपूर्ण र विवेचनायुक्त तथ्य मान्न नमिल्ने । (प्रकरण नं.४) अदालतमा प्रश्न उठेपछि बन्डा हुन योग्य पैतृक सम्पत्तिको न्यायोचित र सन्तुलित हस्तान्तरण नभएको अवस्था देखिएमा वादी वा प्रतिवादी जो जसको नाममा दर्ता रहेको र जुनसुकै किसिमबाट परिवारका सदस्यहरूलाई हस्तान्तरण गरिएको भए पनि त्यस्तो सम्पत्तिलाई सगोलको पैतृक सम्पत्ति मानी अंशबन्डाको विधिशास्त्रीय र सैद्धान्तिक मान्यता एवं विद्यमान कानूनी व्यवस्थाको मर्म र भावनाअनुरूप हुने गरी समानतापूर्ण र सन्तुलित रूपमा अंशियारहरूबिच अंशबन्डा गरिनुपर्ने । (प्रकरण नं.१२) मानो छुट्टिएपछि दा.खा. नामसारी वा हस्तान्तरण भएको भन्ने आधारमा मात्र त्यस्तो बन्डायोग्य पैतृक सम्पत्तिलाई निजी आर्जनसरह मानी बन्डा नलाग्ने भन्न नमिल्ने । (प्रकरण नं.१४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10449 |
|---|---|
| मुद्दाको विषय | अंश चलन |
| निर्णय वर्ष / मिति | 2076/09/24 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना | माननीय न्यायाधीश श्री ऋषिकेश वाग्ले | माननीय न्यायाधीश श्री शिवनारायण यादव | माननीय न्यायाधीश श्री हेमराज पन्त | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी |
| मुद्दा नं. | ०७४-NF-००२२ | ०७२-CR-१११२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10449 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
