नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10448 · वि.सं. २०७७

नि.नं. 10448 — मोही नामसारी

सिद्धान्त / नजिर सार (Headnote Summary)

पुर्खाले निश्चित धार्मिक प्रयोजनको लागि खडा गरेको निजी गुठी पछिल्ला पुस्ताले गुठीको प्रयोजन लोप गरी तथ्य लुकाई निजी बनाउने, त्यस्ता गुठियारले धार्मिक गुठी जग्गा रैकरमा परिणत गरी बेचबिखन गरी आफूलाई व्यक्तिगत लाभ पुर्‍याउने जस्ता काम गर्न छुट दिन नसकिने । एकातिर गुठी नै लोप गर्ने कार्यबाट धर्मलोप हुन जान्छ भने अर्कोतर्फ पुर्खाले नै आफ्नो हक छाडी धार्मिक वा सामाजिक कार्यको लागि समर्पण गरिसकेको जग्गा जमिन आदि पछिल्लो पुस्ताले लोभ लालचमा फसी दाबी गरी आफूखुसी गर्ने कार्यबाट गुठीको लागि आफ्नो हक छाडी जग्गा दान गर्ने पुर्खाको उद्देश्य नै समाप्त हुन जाने । गुठीको प्रयोजनार्थ राखिएको सम्पत्ति अंश, अपुताली, दानबकस आदिबाट गुठीको उद्देश्यविपरीत हुने वा अस्तित्व समाप्त हुने गरी स्वामित्व हस्तान्तरण हुने प्रकृतिको नहुने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10448
मुद्दाको विषयमोही नामसारी
निर्णय वर्ष / मिति2076/07/28
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री सारदाप्रसाद घिमिरे | माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल
मुद्दा नं.०७१-NF-०००१
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10448
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्