नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10430 · वि.सं. २०७७
नि.नं. 10430 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
ज्यानसम्बन्धीको १७ नं. को व्यवस्थालाई परम्परागत फौजदारी कानूनको भाषामा व्याख्या गर्दा मतलबमा पस्ने त्यस्तो व्यक्तिले वारदात स्थलमा उपस्थित भई वारदात घटाउन प्रत्यक्ष सहयोग गरेको अवस्थामा निज मुख्यतः दोस्रो तहको मुख्य कसुरदार (Principal in the second degree, or accessory at the fact) र सो नं. को अन्त्यमा “लेखिएदेखि बाहेक अरू किसिमका मतलबीलाई” भन्ने शब्दावली प्रयोग भएबाट त्यस्तो अवस्थामा आरोपित व्यक्ति मतियार (aider, abettor, accessory before/after fact) समेत हुन सक्ने । (प्रकरण नं.५) कुनै व्यक्तिलाई मतियार भनी सजाय गर्नको लागि उसले कसुरका अनिवार्य तत्त्वबारे जानकारी रहनु पर्ने कुरा एउटा पूर्वसर्त हो भने कसुरबारे जानकारी र साझा योजनामा सहभागिताको अतिरिक्त उसले गरेको कार्यबाट मूल कसुरदारहरूमा उत्साह थपिएको स्पष्टतः देखिन्छ वा देखिँदैन भन्ने आदि कुराहरू पनि मतियारको आपराधिक दायित्व यकिन गर्ने क्रममा हेरिनुपर्ने । मुख्य कसुरदारको हकमा मनसाय (Mens rea) पत्ता लगाउने सन्दर्भमा उसको कार्य (Actus reus) हेरिन्छ, मतियारको हकमा पनि सोही माध्यम प्रयोग गरिने र गरिनुपर्ने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10430 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2076/09/10 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ | माननीय न्यायाधीश श्री कृष्णबहादुर थापा | माननीय न्यायाधीश श्री सुशीला कार्की |
| मुद्दा नं. | ०७४-NF-००१० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10430 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
