नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10447 · वि.सं. २०७७
नि.नं. 10447 — हालैदेखिको बकसपत्र लिखत बदरसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
घरमूलीको भूमिकामा रहेको पिता /पतिको आफ्नो परिवारप्रति सामाजिक, सांस्कृतिक र आर्थिक दायित्व रहनुका साथै सामाजिक, सांस्कृतिक र आर्थिक दायित्व वहन गर्ने क्रममा निजको संरक्षकत्वमा रहेका व्यक्तिप्रति साम्पत्तिक हकको संरक्षण गर्नुसमेत निज अभिभावकको मुख्य दायित्व हुन जाने हुन्छ । मूल व्यक्तिले आर्जन गरेको सम्पत्ति निजका पत्नी, छोरा, छोरीका हकमा पैतृक सम्पत्ति मान्नु पर्ने । (प्रकरण नं.५) आफूले अंश दिनु पर्ने श्रीमती, छोरा छोरीको हकमा बाबु वा लोग्नेको सम्पत्ति पैतृक हुने भएपछि आफूखुस गर्न नपाउने । (प्रकरण नं.६) घर व्यवहार चलाउन ऋण लिई सोबापत बकसपत्र गरिदिएको भनेर भन्नु मात्रै पर्याप्त हुँदैन । ऋण लिएको पैसा घर व्यवहारमा लगाएको देखिनु पनि पर्छ । घर व्यवहार चलाउने भन्ने कुराले त्यस्तो व्यवहारको फाइदा, प्रयोग वा प्रतिफल सगोलका सबै अंशियारले प्राप्त गरेको वा भोग गरेको देखिनु पर्ने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10447 |
|---|---|
| मुद्दाको विषय | हालैदेखिको बकसपत्र लिखत बदरसमेत |
| निर्णय वर्ष / मिति | 2076/11/29 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री डा. कुलरत्न भुर्तेल | माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल | माननीय न्यायाधीश श्री दीपककुमार कार्की |
| मुद्दा नं. | ०७४-NF-०००३ | ०७४-NF-०००४ | ०६९-DP-०३४२ | ०७३-RV-०१९१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10447 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
