नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10434 · वि.सं. २०७७
नि.नं. 10434 — परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
जसरी कर्जादाता संस्थाले कर्जा दिँदा घरजग्गा धितो राख्न सक्छ त्यसरी नै कर्जा चुक्ता भएपछि सो प्रयोजनको लागि राखिएको धितोसमेत फुकुवा गरिदिनु पर्ने । (प्रकरण नं.११) सेवाग्राहीले सहकारी संस्थाको ऋण चुक्ता गरिसकेको अवस्थामा धितो प्रयोजनका लागि राखिएको घर जग्गा फुकुवा नगरी अनन्त कालसम्म रोक्का रहिरहने हो र समस्याग्रस्त भई बन्द भएको कर्जादाता संस्थाको नियमनकारी निकाय डिभिजन सहकारी कार्यालयले कर्जादाताको कर्जा चुक्ता भइसकेको अवस्थामा पनि रोक्का रहेको घर जग्गा फुकुवाका लागि सम्बन्धित निकायमा लेखी पठाई नदिने हो भने त्यस्तो कार्यबाट व्यक्तिको निजी सम्पत्ति भोग चलन गर्ने अधिकारमा गम्भीर असर पर्ने मात्र नभई सहकारी ऐनको मूल उद्देश्य नै परास्त हुने । जिम्मेवार नियमनकारी निकायले वहन गर्नुपर्ने दायित्वबाट पन्छिन मिल्ने नदेखिने । एउटै विषयमा दोहरो दायित्व वहन गर्नुपर्ने जिम्मेवार निकायले एकतर्फी दायित्व वहन गर्नको लागि कानूनी व्यवस्था पर्याप्त रहेको तर अर्कोतर्फको दायित्व वहन गर्नका लागि कानूनी अपर्याप्तता रहेको भनी कुनै पनि कानूनको समग्रतामा व्याख्या नगरी संकुचित तवरबाट व्याख्या गर्न मिल्नेसमेत नदेखिने । (प्रकरण नं.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10434 |
|---|---|
| मुद्दाको विषय | परमादेश |
| निर्णय वर्ष / मिति | 2076/08/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री चण्डीराज ढकाल | माननीय न्यायाधीश श्री प्रमोदकुमार श्रेष्ठ वैद्य |
| मुद्दा नं. | ०७३-CI-०८४६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10434 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
