(१) अस्पतालमा भर्ना भएको र त्यहाँबाट उपचार गराएको प्रमाणको अभावमा व्यक्तिगत रुपमा कुनै चिकित्सकले गरिदिएको उपचार सम्बन्धी प्रमाण र औषधी किनेको भनेको बिललाई मात्र अकाट्य ठोस प्रमाणको रुपमा ग्राहृय गर्न नमिल्ने । (प्रकरण नं. ११) (२) व्यक्तिगत रुपमा कुनै चिकित्सक…
(१) भन्सार ऐन, ०१९ को दफा १३(१) लाग्ने अवस्था बाहेकको अवस्थामा दफा ३४(३) बमोजिम फरक पारी लेखी दिएको प्रमाण पुगी कारण समेत खुलाई ठहर भएको अवस्थामा मात्र दफा ३४(३) लागू हुने । (प्रकरण नं. १४) (२) ३ दोब्बर गरी बिक्री कर लिएको त्यस्को आधार प्रज्ञापनपत्र र विपक्षी…
(१) अंशबण्डा गर्ने कुरामा मिलापत्र गरेको भन्ने देखिँदा प्रस्तुत विषय गा.पं. ऐन, ०१८ को दफा ४१ अनुसार पञ्चायतले हेर्न पाउने अधिकार भित्रको मुद्दा देखिन नआउँने । (प्रकरण नं. १२) (२) कानुनी रीत बमोजिम नभएको कागजले कानुनी मान्यता प्राप्त गर्न नसक्ने । (प्रकरण नं.…
(१) अधिकार क्षेत्र शुन्य स्तिथिमा रहेको नहुने । (प्रकरण नं. १६) (२) क्षेत्राधिकार नतोकिएको स्थितिमा शुरु जि.अ. ले आफ्नो इलाकाभित्रको मुद्दा मामिलाको शुरु कारवाही किनारा गर्ने अधिकार देखिने । (प्रकरण नं. १६) (३) विभिन्न ठाउँहरूमा टाँस भई भनी विभिन्न ठाउँ उल्लेख…
(१) जालसाजी गरेको भन्ने कुरा सो जालसाजीको उद्देश्य पूरा हुने भएपछि मात्र प्रकाशमा आउँने हुँदा प्रकाशमा आउँनु बेगर अर्को सम्बन्धित पक्षले थाहा पाउँन नसक्ने हुँदा प्रकाशमा आएपछि मात्र थाहा पाउने भएको हुनाले सो थाहा पाएकै मितिलाई काम भए गरेको मिति मानी त्यसबाट म्…
(१) करणी जस्तो आरोपमा पञ्चायत जस्तो समाजका अगाडि करणीमा सावित भई गरेको काजगलाई मुख्य कारणी पुनरावेदकहरूले नै हामीहरूका मन्जूरी अथवा जानकारी बाहिर भएको हो भन्ने ठोस तथ्ययुक्त प्रमाण दिन सकेको छैन, यस्तो स्थितिमा निजहरूका बयान साविती कागज समेतका आधार प्रमाण समेत…
(१) अंश र अपुताली भन्ने दुई बेग्ला बेग्लै अवधारणा हुन् पुस्ताको हिसावले विचार गर्दा पनि लोग्ने स्वास्नी समान पुस्तामा पर्छन् भने छोरा दोस्रो पुस्तामा पर्न आउँछ, अपुताली पहिला समान पुस्तामा र त्यसपछि मात्र दोस्रो पुस्तामा जाने । (प्रकरण नं. १६)
(१) बण्डापत्र गर्दा नाम उल्लेख नभएको आधारबाट मात्र छोरा होइन भन्न नमिल्ने । (प्रकरण नं. २४) (२) अंश दिएको भन्ने कुनै प्रमाण आउँन सकेको छैन, तसर्थ वादी अंशियार नाताको होइन अंश दिनु पर्ने होइन भन्ने प्रतिवादीको निवेदन जिकिर पुग्न नसक्ने । (प्रकरण नं. २४)
(१) अधिकार क्षेत्र नै नभएकोमा अधिकार क्षेत्र नाघी पुनरावेदन सुनी गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णय न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(१)(क) को बिपरीत हुँदा सो निर्णय बदर हुने । (प्रकरण नं. १०)
(१) आत्महत्या गरी मरेको हो भने लाश जाँच मुचुल्कामा लेखी देखाए बमोजिम लाशको टाउको देखि कम्मरसम्म बोराले र कम्मरदेखि खुट्टासम्म स्लीपिड्ड व्यागमा रही सो स्लीपिड्ड व्यागमा ढुड्डा समेत राखी बाँधिएको नहुनु पर्नाको साथै अभियुक्तको बयान तथा प्रहरी कागजमा देखाए बमोजिम…
(१) नागरिकताको प्रमाण–पत्र व्यक्तिगत कागज नभई सरकारीया प्रमाण–पत्र भएको यदी सो कागज मुद्दा परिसकेपछि प्रमाण खडा गर्न बनाएको भए नातातर्फ बयान गर्दा प्रमाणमा दिएपछि सो बयान सुनी बयान गर्ने प्रतिवादीले सो उपर कानून बमोजिम उजूर गरी बदर गराउनु पर्ने सो गराएको प्रमा…
(१) विवादका जग्गाहरू बाबुको नामबाट निजका छोराहरू तथा स्वास्नीको नाममा नामसारी गरिएको देखिएकोबाट विवादको सम्पत्ति बाबुको पालादेखिकै पैतृक सम्पत्ति हो भन्ने कुरामा कुनै विवाद रहने स्थिति नदेखिने । (प्रकरण नं. १३) (२) अंश बाहेक अरु नै कुनै कारणबाट पुनरावेदकहरूको…
(१) अदालतको फैसलाबाट समेत निवेदक नै जग्गाधनी कायम भएको देखिएको यस अवस्थामा हकै नपुग्ने व्यक्तिले गरिदिएको कबूलियतको आधारमा उच्चस्तरिय आयोगले मोही कायम गरी मोहियानी प्रमाणपत्र दिएको त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)
(१) प्रत्यर्थीको लिखितजवाफमा निवेदक थुनामा नरहेको भन्ने व्यहोरा उल्लेख भएको पाइन्छ । निवेदक थुनामा रहेको भन्ने कुरा समर्थित हुने कुनै प्रमाण परिबन्द निवेदक तर्फबाट आउन नसकेको तथा निवेदक थुनामा नरहेको भन्ने प्रत्यर्थी कार्यालयहरूको जवाफ समेत देखिएको स्थितिमा नि…
(१) अवधि समाप्त भइसकेपछि साविकको निर्वाचन बमोजिम गठित उद्योग व्यापार संघको कार्यसमिति भंग गरेको निर्णय उपर विचार गरी सो मिल्यो मिलेन भनी रिट जारी गर्न निरर्थक देखिने । (प्रकरण नं. ९)
(१) रेखा तथा लेखा विशेषज्ञको बकपत्र गराउँदा विवादास्पद सही ढिला चालमा लेखिएको देखिन्छ उक्त दस्तखत सहीको कामानन्द भन्ने अक्षरहरूमा “का” को शीर एकपटक “मा” को शिर एकपटक डिका दिई पुनः का र मा संग जोडेको देखिएको अवस्थाबाट निजको नमुना दस्तखत सहीहरूमा जुनप्रकार प्रवा…
(१) निवेदक उपर लागेको अभियोग नै ठहर नभएपछि निजलाई मुद्दाको कारवाहीको सिलसिलामा प्रत्यर्थी विशेष अदालतमा दाखिला हुनआएको दाउरा वा सोको रकम फिर्ता दिनुपर्ने । (प्रकरण नं. ११) (२) बिक्री हुन गएको दाउरा प्राप्त नभएपछि सो बिक्री गरी जम्मा हुन आएको बिगो सफाई पाउने भए…
(१) दर्खास्त रीतपूर्वकको नभए मात्र सच्याउन मौका दिनुपर्ने ऐनको व्यवस्था हो, ऐनले उम्मेदवार हुन नै बन्देज लगाएको अवस्थामा सच्याउन मौका दिने भन्ने ऐनको व्यवस्था होइन तसर्थ प्राकृतिक न्यायको सिद्धान्त बिपरीत भयो भन्ने निवेदकको जिकिर कानूनसम्मत नदेखिने । (प्रकरण न…
(१) बाटो विवादको सम्बन्धमा तारेखमा राखेको भन्ने जिकिर लिएको पाइन्छ, प्रत्यर्थीको लिखितजवाफबाट निवेदकलाई तारेखमा राखेको भन्ने कुरा खण्डीत भएको देखिन्छ साथै निवेदकलाई तारेखमा राखिएको भनिएको भए तापनि तारेख पर्चा समेत दाखिल हुन आएको देखिएन, यस्तो कुनै पनि सबूद बेग…
(१) सिटरोल भर्दा उमेर २४ वर्ष भन्ने उल्लेख गरेको र सोही सिटरोल फाराम अनुसार नै निजामती किताबखानाले निवेदकको उमेर यकीन गरी मिति २०४४।७।२६ देखि अनिवार्य अवकाश पाउने भनी सूचना दिएको त्रुटिपूर्ण मान्न नमिल्ने । (प्रकरण नं. १२)
(१) निवेदकले चलाएको जालसाजी मुद्दाबाट हकदार कायम भई अदालतको निर्णय अन्तिम भइरहेको र सो निर्णय निवेदकले बदर गराउन सकेको नभएपछि सोही अदालतको फैसला बमोजिम प्रमुख जिल्ला अधिकारीले गरेको निर्णयमा कुनै कानुनी त्रुटी नदेखिँदा रिट निवेदन खारेज हुने । (प्रकरण नं. ७)