नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3347 · वि.सं. २०४५
नि.नं. 3347 — अंश नामसारी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) नागरिकताको प्रमाण–पत्र व्यक्तिगत कागज नभई सरकारीया प्रमाण–पत्र भएको यदी सो कागज मुद्दा परिसकेपछि प्रमाण खडा गर्न बनाएको भए नातातर्फ बयान गर्दा प्रमाणमा दिएपछि सो बयान सुनी बयान गर्ने प्रतिवादीले सो उपर कानून बमोजिम उजूर गरी बदर गराउनु पर्ने सो गराएको प्रमाण नआएकोले अन्यथा सावित नभएसम्म सो प्रमाणलाई प्रमाण ऐनको दफा ६(ङ) ले मान्यता दिन पर्ने र अंशबाट उठेको नाता कायम मुद्दा जिकिर बमोजिम अंश मुद्दा नभई एकै मुद्दा हुँदा अंश मुद्दामा बकेका साक्षीहरूको प्रमाण लिन नमिल्ने भन्ने जिरह मनासिव नदेखिई अंश पाउने ठहर्याएको क्षे.अ. को इन्साफ मनासिव ठहर्ने । (प्रकरण नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3347 |
|---|---|
| मुद्दाको विषय | अंश नामसारी |
| निर्णय वर्ष / मिति | 2044/12/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3347 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
