नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3342 · वि.सं. २०४५
नि.नं. 3342 — कीर्ते जालसाज
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) रेखा तथा लेखा विशेषज्ञको बकपत्र गराउँदा विवादास्पद सही ढिला चालमा लेखिएको देखिन्छ उक्त दस्तखत सहीको कामानन्द भन्ने अक्षरहरूमा “का” को शीर एकपटक “मा” को शिर एकपटक डिका दिई पुनः का र मा संग जोडेको देखिएको अवस्थाबाट निजको नमुना दस्तखत सहीहरूमा जुनप्रकार प्रवाह र गति पाइन्छ सो गति र प्रवाह विवादास्पद सहीमा नभएको नमुनाको दस्तखत सहीमा परेका अक्षरहरूको बनौट विवादास्पद सहीका अक्षरहरूको बनौटमा बिलकूल फरक रहेको समेत आधारमा नमूना दस्तखत सही र विवादास्पद सहीमा मौलिक भिन्नता देखिएकोले फरक भनी भन्ने लेखा तथा रेखा विशेषज्ञले आफूले पूर्व रुपमा दिएको रायलाई पुष्टि गर्दै बकपत्र गरिदिएको पाइन्छ, विवादास्पद लिखतको सही र अदालतबाट लिइएको नमूनाको सही तुलनात्मक रुपमा हेर्दा पनि रेखा तथा लेखा विशेषज्ञको राय तथ्ययुक्त एवं विश्वसनीय देखिने । (प्रकरण नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3342 |
|---|---|
| मुद्दाको विषय | कीर्ते जालसाज |
| निर्णय वर्ष / मिति | 2044/09/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3342 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
