सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २९९ / ४४०

नि.नं. 3383वि.सं. २०४५पूर्ण इजलास

किर्ते जालसाजी

(१) विवादको राजीनामा लिखतको ल्याप्चे सहीछाप रेखा विशेषज्ञबाट जाँच हुँदा लिखतको सिरमा लागेको ल्याप्चे सही नबुझिने भनी राय दिएकोले कागज जाँचको ५, ६ र ७ नं. ले रीत पुगेको भन्न नमिल्ने । (प्रकरण नं. १५) (२) रीत नपुगेको लिखत रजिष्ट्रेशनको २५ नं. ले पारित हुन नसक्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3382वि.सं. २०४५पूर्ण इजलास

घरबाट निकाला गरिपाउँ

(१) थैलीमा मुख नमिलेपछि प्रतिवादीबाट पेश भएको लिखत अ.बं. ७८ नं. बमोजिम वादीलाई सुनाई त्यसबाट जो गर्नुपर्ने कारवाई गरी मात्र ठहर गर्नुपर्नेमा सो बमोजिम भए गरेको नदेखिएकोले यस्तो अवस्थामा प्रतिउत्तर जिकिरलाई दावी कायम गरी साँवा व्याज भराई दिने गरेको कानून मिल्दो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3381वि.सं. २०४५पूर्ण इजलास

ज्यान

(१) सरजमीनमा लेखाई दिएको कथन र अदालतमा बकपत्र गर्दा भनेको कुरा मिले जतिमा प्रमाणमा लिन सकिने । (प्रकरण नं. २७) (२) जिरह गर्न नपाएकोमा उसै मौकामा उजूर गर्नु पर्ने । (प्रकरण नं. २७) (३) मुद्दा दोहर्‍याई निर्णय गरिदिनु भन्ने हुकूम प्रमाड्डी वक्स भई आएपछि प्रतिवाद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3380वि.सं. २०४५एक न्यायाधीशको इजलास

उत्प्रेषण, परमादेश लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

(१) प्रथालाई मान्यता दिएर कानून नबनाएसम्म त्यसको कानुनी अस्तित्व कायम रहेको मान्न नमिल्ने । (प्रकरण नं. ७) (२) सार्वजनिक प्रथा ९एगदष्अि ऋगकतयm० कानून निर्मात्री सभाको औपचारिक घोषण बेगर अन्त्य गर्न मिल्दैन भन्ने सम्बन्धमा त्यस्तो किसिमको कुनै कानुनी व्यवस्था भए…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3379वि.सं. २०४५एक न्यायाधीशको इजलास

उत्प्रेषण सहितको उपयुक्त रिट जारी गरिपाउँ

(१) निर्वाचनमा भएका मत्रपत्र सहितको बन्दीखाम पक्ष विपक्षको रोहवरमा खोली निर्वाचन विशेष अदालतबाट समेत गन्ती गरिएको र गन्तीबाट प्र.पं. मा निर्वाचित ठहर्‍याएको निर्वाचन विशेष अदालतको निर्णयमा कुनै त्रुटी नदेखिँदा निवेदकको माग बमोजिमको आदेश जारी गरी रहनु नपर्ने ।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3378वि.सं. २०४५एक न्यायाधीशको इजलास

उत्प्रेषण परमादेश लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

(१) निवेदनमा माग दावी नै प्रष्ट रुपमा उल्लेख गर्न नसके विपक्षीहरूबाट लिखितजवाफ मगाई रहन नपर्ने । (प्रकरण नं. ४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3377वि.सं. २०४५संयुक्त इजलास

कर्तव्य ज्यान

(१) अपराध गरेको हुन भन्ने प्रत्यक्ष र अप्रत्यक्ष प्रमाण समेत नभएको अवस्थामा अनुमानको आधारमा कर्तव्य ठहराउन उचित नदेखिने । (प्रकरण नं. १७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3376वि.सं. २०४५संयुक्त इजलास

उत्प्रेषण

(१) निवेदकलाई बुझ्दै नबुझी विवादको जग्गा जोताहामा लेखिएको निवेदकको नाम काटी विपक्षीको नाम कायम गर्न पठाएको पशुपति अमालकोट कचहरीको पत्र र सो बमोजिम टिप्पणी सदर गरी विपक्षीलाई दर्तावाला मोही कायम गरेको भु.सु.का.को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3375वि.सं. २०४५संयुक्त इजलास

लिखत पास

(१) फिराद पर्दा विपक्षीको नाउँमा विवादको जग्गा दर्ता भइसकेको देखिएकोले रजिष्ट्रेशन गर्ने अवस्थामा रजिष्ट्रेशनको १७ नं. मा भएको व्यवस्था बमोजिम लिखतको जग्गामा विपक्षी असामीको हक पुगिसकेको देखिएकोले यस्तोमा पनि लिखत पास नहुने ठहर्‍याएको इन्साफ मिलेको नदेखिने । (…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3374वि.सं. २०४५संयुक्त इजलास

ज्यान

(१) आश्विनको महीनामा रौतहट जस्तो तराई ठाउँमा मानिस चिसोको कारणले मर्न सक्छ भनी भन्न मिल्ने नदेखिँदा मृतकको मृत्यु हुनाको कारण भनी प्रतिवादी समेतले देखाएको कारण विश्वासनीय एवं युक्तिसंगत देखिन नआउने । (प्रकरण नं. २८) (२) मृतकको लाश लगी फालेको हो भनी यकीनन भन्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3373वि.सं. २०४५संयुक्त इजलास

हक कायम समेत

(१) जग्गा नाप जाँच ऐन, २०१९ को तत्काल प्रचलित व्यवस्था बमोजिम परेको उजुरीबाट कारवाही भई सोही व्यवस्थाले निर्देश गरे बमोजिम परेको फिराद म्याद नाघेको भन्न नमिल्ने । (प्रकरण नं. १३) (२) अघि दिएको फिरादमा लेखेकै भए पनि तत्काल कानूनले फिराद गर्न अनिवार्य भएकोमा नगर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3372वि.सं. २०४५संयुक्त इजलास

चोरी

(१) दसी समेत वरामद भएपछि अदालतमा कसूरमा ईन्कर रहेकै भरमा मात्र कसूरदार होइन भनी मान्न नमिल्ने । (प्रकरण नं. १८) (२) पुनरावेदन परेको अवस्थामा थुनछेकको सम्बन्धमा निर्णय गरेको प्रासंगिक नदेखिने, इन्साफमा चित्त नबुझाई पुनरावेदन परेकोमा शुरुमा निर्णय गर्न पठाउने भए…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3371वि.सं. २०४५संयुक्त इजलास

ज्यान

(१) अत्यधिक मात्रामा जाँड रक्सी सेवन गरेको अवस्थामा मार्ने पूर्व योजना नभई अचेतन मनमा उठेको तत्काल परिणाम सोच्न नसक्ने बेलामा मृतकलाई मारेको देखिँदा अ.बं. १८८ नं. बमोजिम राय जाहेर गरेको मनासिवै देखिने । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3370वि.सं. २०४५संयुक्त इजलास

परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी पाउँ

(१) ऐनमा स्पष्ट व्यवस्था भएका कुराको हकमा सोही बमोजिम गर्नु पर्ने । निकासी गरे बमोजिमको वस्तुमा निकासी भन्सार महसूल लाग्ने गरी सूचनाद्वारा नतोकिएसम्म औद्योगिक व्यवसाय ऐन अन्तर्गतको सुविधा सहुलियत दिनु पर्ने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3369वि.सं. २०४५संयुक्त इजलास

उत्प्रेषण

(१) ऐनमा व्यवस्था भएबमोजिम सुविधा दिनै पर्ने हुँदा यो तजबिजी अधिकार हो भन्न मिल्ने नदेखिने । (प्रकरण नं. ७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3368वि.सं. २०४५संयुक्त इजलास

उत्प्रेषण

(१) सडक सीमा निश्चित गरे तापनि सूचनाद्वारा व्यक्तिको हक नै समाप्त गरेको मान्न नसकिने । सार्वजनिक सडक ऐन, २०३१ दफा ३क ले दफा ३ बमोजिम सडक सीमा नतोकिएकोमा सार्वजनिक सडकको किनाराबाट ६।६ मिटरमा नबढ्ने गरी श्री ५ को सरकारको सूचना प्रकाशित गरी तोकेको फैसला भित्र परख…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3367वि.सं. २०४५संयुक्त इजलास

निषेधाज्ञा

(१) कानून बमोजिम कबूलियत अनुसार भयो भएन भनी निषेधाज्ञाबाट हेरी त्यसको ठहर गरी निषेधाज्ञा जारी गर्ने नगर्ने भनी आदेश गर्न नमिल्ने । (प्रकरण नं. १२) (२) कबूलियतबाट सृजना भएको हक दायित्वलाई विवादरहित अधिकार भन्न नसकिने । (प्रकरण नं. १२) (३) नागरिक अधिकार ऐनको दफा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3366वि.सं. २०४५संयुक्त इजलास

उत्प्रेषण

(१) प्रकाशित नामावलीको प्रयोजन निर्वाचनको लागि मात्र रहने हो, उक्त निर्वाचनको कार्य समाप्त भएपछि सो नामावली अन्य प्रयोजनको लागि कुनै महत्व नरहने (प्रकरण नं. ९) (२) जुन प्र्रयोजनको लागि मतदाता नामावली प्रकाशित भएको र सो नामावलीको सम्बन्धमा दावी विरोध परी नामावल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3365वि.सं. २०४५संयुक्त इजलास

बन्दी–प्रत्यक्षीकरण

(१) सा.सु. ऐन, ०१८ को दफा ३ घटी सकेको घटनाको कानुनी कारवाहीको विकल्पको रुपमा प्रयोग हुने नभई केवल भविष्यमा घट्न सक्ने संभावित घटना रोक्नको लागि मात्र प्रयोग हुने । (प्रकरण नं. ८) (२) घटी सकेको घटनाको सम्बन्धमा तोकिएको कानून बमोजिम कारवाही चलाउनु पर्नेमा नचलाई…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3364वि.सं. २०४५संयुक्त इजलास

धर्म परिवर्तन

(१) पुनरावेदन उजूरी नदिएकाको हकमा सम्म कानून बमोजिम सबूद प्रमाण हेरी केलाई जाँच गर्दा तल्लो अदालतको इन्साफ तथा सजायँ फरक पर्ने भई उल्टीन जाने देखियो भनेमात्र यो यति परिबन्दले इन्साफ सजायँ उल्टी हुन्छ भनी इन्साफ दिनु पर्ने कानुनी व्यवस्था रहे भएको, पुनरावेदन उज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3363वि.सं. २०४५संयुक्त इजलास

उत्प्रेषण लगायत उपयुक्त आज्ञा,आदेश वा पुर्जी जारी गरिपाउँ

(१) तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २१(२) हेर्दा राजपत्रांकित निजामती कर्मचारीले आफूले पाएको विभागीय सजायँ उपर ३५ दिनभित्र कानुनी तथ्यमा सर्वोच्च अदालतमा पुनरावेदन गर्नु पर्ने प्रष्ट व्यवस्था भएको पाइने । (प्रकरण नं. ११) (२) गैर निकायमा पर्नआए…

नजिर सार पढ्नुहोस् →
नि.नं. 3362वि.सं. २०४५संयुक्त इजलास

परमादेश

(१) जुन निर्णय बदर गरिपाउँ भनी निवेदन दिएको छ सो निर्णय नै भएको छैन भनी लिखितजवाफबाट देखिन आएकोमा त्यस्तो निर्णय भएको भन्ने अन्य प्रमाण पेश दाखेल हुन आएको नहुँदा त्यस्तो निर्णय भएको र बदर गर्न पर्ने भन्ने कुरा नै देखिन नआउने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3361वि.सं. २०४५संयुक्त इजलास

बन्दी–प्रत्यक्षीकरण

(१) कुनै पनि व्यक्तिको नाम यो हो भनी दावी लिने पक्षले सो कुरा पुष्टी हुनसक्ने प्रमाण पनि पेश गर्न सक्नु पर्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 3360वि.सं. २०४५संयुक्त इजलास

उत्प्रेषण

(१) कानुनी प्रक्रिया सबै पूरा गरी नक्शा पास गरी घर बनाउन शुरु गरेकोमा पुनः अर्को नक्शा पेश गराउन आदेश दिएको देखियो, यस्तो पुनः नक्शा पेश गराउने गरी प्रधानपञ्चले आदेश दिन पाउने व्यवस्था नगरपञ्चायत ऐनले गरेको देखिँदैन, आफूलाई अधिकार नै नभएको विषयवस्तुमा ओभरसियरक…

नजिर सार पढ्नुहोस् →