नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3383 · वि.सं. २०४५
नि.नं. 3383 — किर्ते जालसाजी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) विवादको राजीनामा लिखतको ल्याप्चे सहीछाप रेखा विशेषज्ञबाट जाँच हुँदा लिखतको सिरमा लागेको ल्याप्चे सही नबुझिने भनी राय दिएकोले कागज जाँचको ५, ६ र ७ नं. ले रीत पुगेको भन्न नमिल्ने । (प्रकरण नं. १५) (२) रीत नपुगेको लिखत रजिष्ट्रेशनको २५ नं. ले पारित हुन नसक्ने । (प्रकरण नं. १५) (३) कानूनले मान्यता पाउन सकिने अवस्था नरहेको लिखतको आधारमा कुनै दावी लिन पाउने अवस्था नहुने । (प्रकरण नं. १५) (४) जुन राजीनामा लिखतबाट वादीको हक जाने भन्ने आधारमा फिराद दावी लिई आएकोछ, सो राजीनामा लिखतले कानूनी मान्यता नपाउने भई वादीको हकमा कुनै असर पर्ने अवस्था नरहेकोले त्यस्तो लिखत कीर्ते गरे भन्ने वादी दावीमा विचार गर्न नपर्ने । (प्रकरण नं. १५) (५) राजीनामा लिखतले कानूनी मान्यता नपाउने भएपछि वादीले झुठ्ठा दावी गरेको भनी दण्ड सजायँको १८ नं. बमोजिम सजायँ गरेको कानून मिल्दो नदेखिने । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3383 |
|---|---|
| मुद्दाको विषय | किर्ते जालसाजी |
| निर्णय वर्ष / मिति | 2045/02/20 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3383 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
