नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3366 · वि.सं. २०४५
नि.नं. 3366 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) प्रकाशित नामावलीको प्रयोजन निर्वाचनको लागि मात्र रहने हो, उक्त निर्वाचनको कार्य समाप्त भएपछि सो नामावली अन्य प्रयोजनको लागि कुनै महत्व नरहने (प्रकरण नं. ९) (२) जुन प्र्रयोजनको लागि मतदाता नामावली प्रकाशित भएको र सो नामावलीको सम्बन्धमा दावी विरोध परी नामावली हटाउने गरी निर्णय गरिएको हो सो कार्य समाप्त भई निर्वाचन समेत समाप्त भई सो निर्वाचन सदर कायम रही रहेको अवस्थामा यतिखेर आएर उक्त नामावलीमा रिट निवेदकको नाम समावेश गर्नु भनी आदेश जारी गर्न निरर्थक हुने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3366 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2044/09/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3366 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
