नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3373 · वि.सं. २०४५
नि.नं. 3373 — हक कायम समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जग्गा नाप जाँच ऐन, २०१९ को तत्काल प्रचलित व्यवस्था बमोजिम परेको उजुरीबाट कारवाही भई सोही व्यवस्थाले निर्देश गरे बमोजिम परेको फिराद म्याद नाघेको भन्न नमिल्ने । (प्रकरण नं. १३) (२) अघि दिएको फिरादमा लेखेकै भए पनि तत्काल कानूनले फिराद गर्न अनिवार्य भएकोमा नगरेमासम्म कानुनी प्रतिबन्ध लाग्ने हो तर यस्तो एकाको जग्गा अरुले आफ्नो कित्तामा घुसाई नापी गराएमा तत्काल प्रचलित जग्गा नाप जाँच ऐन, २०१९ ले नापी टोली र मा.पो.का. समेतमा कानूनले व्यवस्था गरे बमोजिम माथि लेखी देखाइए बमोजिम उजूर परी कारवाही चलाउँदै रहेको देखिएकोले सो फिरादमा लेखे बमोजिम फिराद नदिएकैबाट जिकिर बमोजिम फिराद म्याद नाघि परेको भन्न नमिल्ने । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3373 |
|---|---|
| मुद्दाको विषय | हक कायम समेत |
| निर्णय वर्ष / मिति | 2044/11/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3373 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
