नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3356 · वि.सं. २०४५
नि.नं. 3356 — खिचोला निर्णय दर्ता बदर हक कायम समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अधिकार क्षेत्र शुन्य स्तिथिमा रहेको नहुने । (प्रकरण नं. १६) (२) क्षेत्राधिकार नतोकिएको स्थितिमा शुरु जि.अ. ले आफ्नो इलाकाभित्रको मुद्दा मामिलाको शुरु कारवाही किनारा गर्ने अधिकार देखिने । (प्रकरण नं. १६) (३) विभिन्न ठाउँहरूमा टाँस भई भनी विभिन्न ठाउँ उल्लेख गरी सही समेत भएको स्थितिमा विभिन्न ठाउँमा म्याद टाँस नै भएन भन्ने स्थिति देखिन नआउँने । (प्रकरण नं. १७) (४) सनदद्वारा अधिकार प्रदान भई सोही बमोजिम म्याद टाँस भइरहेको स्थितिमा अ.बं. ११० नं. बमोजिम म्याद तामेल हुनु पर्ने भन्ने स्थिति रहन नआउँने । (प्रकरण नं. १७) (५) पहिले आफैंले दर्खास्त दिई म्याद पुर्जी टाँसलाई स्वीकार गरेको स्थितिमा अहिले आई बेरितपूर्वक म्याद टाँस भएको भन्ने बिवन्धनको सिद्धान्तले मिल्न आउँने नदेखिने । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3356 |
|---|---|
| मुद्दाको विषय | खिचोला निर्णय दर्ता बदर हक कायम समेत |
| निर्णय वर्ष / मिति | 2044/12/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री जनार्दनलाल मल्लीक र मा.न्या. श्री हरिप्रसाद शर्माको उल्टीमा रेकर्ड राख्नु .२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3356 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
