कानूनबमोजिम दोस्रो तह पुनरावेदन लाग्नै नसक्ने अवस्थामा दुई तहबाट सफाइ पाई सकेका प्रतिवादी लालबाबु यादवका हकमा आएको पुनरावेदनपत्रलाई कानूनको रित पुर्याई दायर भएको भन्न नमिल्ने । (प्रकरण नं. १०) नेपाल सरकारले प्रतिवादीहरूले यति रकम डाँका गरी लगे भनी माग दाबी गर…
केवल माग भएको धरौटी रकम राख्न नसकेको हुदा थुनामा बस्नु परेको देखिन्छ । धरौट राख्न माग गरेको रकम बुझाउने हैसियत भएको भए उसले थुनामा बस्न नपर्ने रहेछ । यसरी रू.४००००।- निवेदकले धरौट राख्न नसक्ने कमजोर आर्थिक स्थितिको कारणबाट मात्र थुनामा बस्न परेको देखिन्छ । कुन…
अंश हक सबै अंसियारले समानरूपमा बाँडफाँड गरि लिन पाउने नैसर्गिक हक हो । मुलुकी ऐन, अंश बन्डाको ५ नं.अनुसार पिताको मृत्युपश्चात निजले पाउने अंश निजका स्वास्नी छोराहरूमा सर्न गई निजहरूले पाउँछन् । अंश हक छोड्दा वा प्राप्त गर्दा कानूनबमोजिम लिखत पास गरेर मात्र लिन…
जन्म दिने आमाले आफ्नो छोराछोरीको सधैँ हित नै चिताएको हुन्छ । छोराछोरीको हत्या गर्ने जस्तो गम्भिर अपराध गर्ने मनसाय कुनै पनि आमासँग रहँदैन । प्रस्तुत वारदातमा आफ्नो मृत्युपश्चात् छोराछोरीले झन् दुःख पाउने अवस्थाको कल्पना गरि धेरै दुःख नपाउन् भनी एकैपटक आफूसँगै…
कुनै पनि क्षेत्रमा कार्यरत् व्यक्तिलाई आफ्नो पेसासँग सम्बन्धित अनुशासन र आचरणको जानकारी हुनु र तिनको पालना गर्नु सामान्य समझको कुरा हो । २४ घण्टा नागरिकको जिउ ज्यानको सुरक्षा र समाजको शान्ति सुरक्षामा खटिनु पर्ने प्रहरी सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत्…
संरक्षणको दायित्व राज्यको हुन्छ । संरक्षकको दायित्व बोकेको राज्यका निकायहरूले आफ्नो संरक्षकीय अधिकार क्षेत्र दुरूपयोग गरी वर्तमान तथा भावी सन्ततिको लागि आफ्ना पूर्वजहरूद्वारा निर्माण गरिएका ऐतिहासिक स्मारक, दैवस्थल, रमणीय स्थलहरूको अस्तित्व माथि असर पर्ने तथा…
कुनै पनि कर्मचारी विरूद्ध उसको आचरण व्यवहार सम्बन्धमा कारवाही गर्दा बढो सतर्कताका साथ कानून र नियमको पालना गरी गर्नुपर्ने हुन्छ । किनकी रोजगारीको अधिकार जीवनको अधिकारसँग जोडिएको हुन्छ र सम्बन्धित व्यक्तिमात्र होइन उससँग आश्रित परिवारमाथि पनि यस्ता कारवाहीले प्…
मृत्यु भैसकेको व्यक्तिका नाउँको जग्गा रोक्का राख्न पठाउने लिखित जवाफ प्रस्तुतकर्ताले जग्गा कसको नाउँमा छ, उक्त जग्गा सुरक्षण (धितो) स्वरूप ग्रहण गर्न मिल्ने हो वा होइन हकवाला कति छन्, त्यस सम्बन्धमा केही नबुझी हकवालालाई सरोकार नै नराखी जग्गा रोक्का राख्न पठाएक…
दसी व्यवस्थापनका सम्बन्धमा कानूनमा भएको प्रावधान कार्यान्वयन नगर्दा एकातर्फ सम्बन्धित मालधनीलाई नोक्सान पर्न जाने कुरा अपेक्षित नै हुन्छ भने अर्कोतर्फ वैदेशिक मुद्रा खर्च गरी विदेशबाट आयात गरिने सवारी साधन जस्ता मालवस्तु मुद्दाको किनारा हुन लाग्ने लामो समयसम्म…
लोडबेरिङ वाल सिस्टमको घर निर्माण लागतमा फ्रेम स्टक्चरको घरको निर्माण लागतमा जस्तो गरि ओभरहेड कस्ट र ठेक्का कर घटाउन मनासिब नहुने । (प्रकरण नं.१८) जाँच अवधिभित्र खरिद गरेको समय यकिन नभएको अवस्थामा २०५९ सालको बजार मूल्यको आधारमा मूल्य कायम गर्नु न्यायोचित हुन नस…
मोही लागेको जग्गाको लगत र विवरण अद्यावधिक राख्ने आधिकारिक निकाय भूमिसुधार कार्यालय हो । भूमिसुधार कार्यालयको रेकर्डमा नै मोही लगत कट्टा भएको भन्ने कुरा नदेखिएको अवस्थामा त्यस्तो मोहीको लगत कट्टा भई सकेको भनी अदालतले अनुमान गर्न नमिल्ने । (प्रकरण नं. ३) प्रत्यर…
मौलिक अधिकारको सन्दर्भमा समानताको सिद्धान्त राज्यका काम कारवाहीहरू (State Actions) सँग जोडिएको हुन्छ । कुनै पनि व्यक्ति वा समूहहरूलाई कानूनको प्रयोग वा व्यवहारमा समानता अवलम्बन गर्नु नै समानताको ध्येय भएकाले फरक स्थिति भएको अवस्थामा एउटै स्थितिमा पुर्याउनु वा…
प्रशासकीय कानूनको आधारभूत सिद्धान्तअनुसार विधायिकाले कानूनद्वारा स्पष्टरूपमा अधिकार नदिएसम्म कुनै पनि निकाय वा अधिकारीले कुनै काम गर्न सक्दैन र गरेमा पनि अधिकारक्षेत्रात्मक त्रुटि हुन्छ । अधिकारक्षेत्रसम्बन्धी सिद्धान्तको प्रतिकूल निर्णय गरेमा त्यस्तो निर्णय ब…
दुर्घटना भएको मोटर साइकलमा मृतक र आरोपित सबै सवार रहेकामा दुर्घटनाबाट उक्त मोटरसाइकल सवार व्यक्तिहरूको नै मृत्यु भएको देखिँदा दुर्घटनामा आरोपित प्रतिवादी वीरबहादुरको समेत मृत्यु हुन सक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन । दुर्घटना हुनुपूर्व अनुमान गर्न नसकिने…
स्वशासित संगठित संस्थाहरू कानूनी व्यक्तिको रूपमा रहेका हुन्छन् । यिनीहरू आफ्नो विनियमअनुसार कार्य गर्न स्वतन्त्र रहेका हुन्छन् । यस्ता स्वतन्त्र संगठित संस्थाहरूले कुनै अर्को व्यक्तिलाई मुद्दा चलाउने र यस्ता व्यक्तिहरूलाई कसैले विपक्षी बनाई मुद्दा दायर गर्न सक…
प्रतिवादीको घर गोठ कम्पाउन्डभित्रबाट रक्तचन्दन बरामद भएको नभई प्रतिवादीको जग्गाबाट बरामद हुँदैमा त्यसैका आधारबाट जग्गाधनीलाई दोषी भन्न न्यायोचित हुँदैन । अपितु, सो जग्गामा राख्ने जग्गाधनीको सहमति छ वा छैन भनी खोजिनु पर्ने । (प्रकरण नं. ३) कसैबाट कुनै अवैध सामग…
प्राकृतिक स्रोतहरूको बिनास र क्षयीकरणको कारणले आज वातावरणमा प्रतिकूल असर परी मानव जीवन नै खतरामा परेको छ । प्रकृतिक स्रोतहरू भनेका प्रकृतिका अनुपम उपहार हुन् । यी स्रोतहरू मानव निर्मित नभई प्राकृतिकरूपमा प्रदत्त हुने भएबाट तिनिहरूको प्रयोग गर्दा मानव बस्ती र व…
बरामद भएको लागु औषध तह तह हुदै आइतराम तामाङसम्म पुगेको र पुनरावेदक यी प्रतिवादीसमेतले सो लागु औषध बिक्री गर्ने योजना बनाई आपराधिक लाभ लिने उद्देश्यले शुत्रबद्ध कार्य (Chain of conduct) गरेको पुष्टि हुन आउने । (प्रकरण नं. ४) सङ्गठितरूपमा गरिने अपराधमा को कसको स…
व्यक्तिले बैंङ्किङ्ग प्रणालीलाई नै नोक्सान पार्ने गरी गर्ने आपराधिक कार्य र व्यक्ति व्यक्तिबिच भएको विनिमय कारोबारबाट सिर्जित हुने दुस्कृतिलाई अलगअलग कानूनले भिन्नभिन्न कसुरको रूपमा परिभाषित गरेको साथै त्यसको लागि कानूनी उपचारको मार्ग र प्राप्त हुने उपचारसमेत…
सिद्धान्ततः न्यायिक अधिकारक्षेत्र अदालत वा न्यायिक निकायमा अन्तरनिहित रहने अवशिष्ट अधिकार हो । परम्परागत र कठोर शक्ति पृथकिकरणको पक्षमा विकास गरिएको संवैधानिक कानूनले अदालत वा न्यायिक निकायबाहेक अन्य निकायहरूमा न्यायिक जिम्मेवारी प्रदान गर्ने विषयलाई उचित नमान…
पोस्टमार्टम रिपोर्टमा Asphyxial Death due to Strangulation भन्ने उल्लेख भए पनि शरीरमा सङ्घर्षका चिन्ह एवम् घटनास्थल विवरणमा कुनै पनि शङ्कास्पद स्थिति नदेखिएको अवस्थामा कुटपिटसम्मको वारदातको प्रकृति र पोस्टमार्टम रिपोर्टबिचको तादात्म्यता देखिँदैन । कुटपिटको वार…
जग्गा खरिदबिक्री गर्दा हुने खर्च एवम् आम्दानी यकिन गर्दा लिखतमा अङ्कित मूल्यलाई आधार मानी गणना गर्दा वास्तविक र कानूनसङ्गत हुने नैं हुन्छ । वस्तुनिष्ठ प्रमाणबिना हालको मूल्य भनी अनुमानको आधारमा मूल्य यकिन गर्दा अवास्तविक हुन जाने । प्रतिवादीले जग्गा बिक्री गरे…
विवादरत पक्षहरूले सामूहिकरूपमा गरेको मन्जुरीबमोजिम अदालतले निर्णय वा आदेश गरेमा त्यसबाट दुवै पक्षले न्यायको अनुभूति गर्न पाउने अवस्थाको सृजना हुन जाने । विवादरत दुवै पक्षलाई न्यायको अनुभूति हुने गरी न्याय सम्पादन गर्नु पनि न्यायका मान्य सिद्धान्तभित्रै पर्ने क…
मुलुकी ऐन, अ.बं ३० नं ले दुई वा दुईभन्दा बढी अंसियारहरूबिचमा अंशबन्डा भएको छ वा छैन भन्ने विवादित तथ्यको निर्णय गर्न एउटा निश्चित मापदण्ड निर्धारण गरेको छ । मिसिलमा उल्लेख भएका तथ्य र वस्तुस्थितिको मूल्याङ्कनबाट मात्र विवादको निरूपण हुन्छ । अंसियारबिच बन्डापत्…