नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9448 · वि.सं. २०७२

नि.नं. 9448 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

विवादरत पक्षहरूले सामूहिकरूपमा गरेको मन्जुरीबमोजिम अदालतले निर्णय वा आदेश गरेमा त्यसबाट दुवै पक्षले न्यायको अनुभूति गर्न पाउने अवस्थाको सृजना हुन जाने । विवादरत दुवै पक्षलाई न्यायको अनुभूति हुने गरी न्याय सम्पादन गर्नु पनि न्यायका मान्य सिद्धान्तभित्रै पर्ने कुरा हो । रिट निवेदनमा उठाइएका विवादित विषयका सम्बन्धमा निवेदक र विपक्षीहरूले दिएको संयुक्त निवेदनबमोजिम आदेश जारी गर्न कुनै कानूनले प्रतिबन्ध लगाएको छैन र यस आदेशबाट अन्य पक्षलाई कुनै किसिमको असर पर्ने अवस्था र स्थिति पनि छैन । यस्तो स्थितिमा निवेदक र विपक्षीहरूको संयुक्त निवेदनबमोजिम आदेश जारी गर्दा दुवै पक्षले न्यायको अनुभूति गर्ने भई पूर्ण न्याय प्राप्त हुने देखिन आउँछ, जुन संविधानको मर्म र भावना तथा पक्षहरूको चाहनाअनुकूल हुने देखिने । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9448
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2072/02/28
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल | माननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ | माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्कीज्यूको रायसँग मतैक्य हुन नसकेकाले सर्वोच्च अदालत, नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम संयुक्त इजलासको दायरीको लगत कट्टा गरी पूर्ण इजलासमा पेस गर्नु भन्ने माननीय न्यायाधीश बैद्यनाथ उपाध्यायको राय । | माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्यायज्यूको रायसँग मतैक्य हुन नसकेकाले सर्वोच्च अदालत, नियमावली, २०४९ को नियम ३(१)(क) बमोजिम संयुक्त इजलासको दायरीको लगत कट्टा गरी पूर्ण इजलासमा पेस गर्नु भन्ने माननीय न्यायाधीश ज्ञानेन्दबहादुर कार्कीको राय ।
मुद्दा नं.०६९–WF–०००५
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9448
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्