नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9453 · वि.सं. २०७२

नि.नं. 9453 — लागु औषध खैरो हेरोइन

सिद्धान्त / नजिर सार (Headnote Summary)

बरामद भएको लागु औषध तह तह हुदै आइतराम तामाङसम्म पुगेको र पुनरावेदक यी प्रतिवादीसमेतले सो लागु औषध बिक्री गर्ने योजना बनाई आपराधिक लाभ लिने उद्देश्यले शुत्रबद्ध कार्य (Chain of conduct) गरेको पुष्टि हुन आउने । (प्रकरण नं. ४) सङ्गठितरूपमा गरिने अपराधमा को कसको साथबाट बरामद भएको भन्ने कुराले त्यति महत्त्व राख्दैन । २ वा २ भन्दा बढी व्यक्तिहरूको व्यक्तिगत सम्बन्धका आधारमा श्रेणीबद्धरूपले अपराधमा संलग्न भई यस्ता अपराध हुने गर्दछन् । आपराधिक कार्यमा संलग्न भएका व्यक्तिहरूको मुनाफा आर्जन गर्ने वा प्रतिफल प्राप्त गर्ने सामूहिक उद्देश्य रहन जान्छ । यस्तो प्रकृतिको अपराधबाट कुनै व्यक्ति प्रताडित (Victim) हुँदैन । साथ साथै यस्ता प्रकृतिका अपराधहरू कसैलाई क्षति पुर्‍याउने वा हानी नोक्सानी गर्ने उद्देश्यभन्दा पनि आपराधिक लाभ प्राप्त गर्ने योजनासाथ सम्पन्न भएका हुन्छन । लागु औषधको ओसारपसार र कारोबार कुनै एक व्यक्ति विशेषको प्रयासबाट मात्र सम्पन्न हुने नभई लागु औषध सञ्चयकर्ता, खरिदकर्ता, ओसारपसार गर्ने र बिक्री वितरणको व्यवस्था मिलाउने व्यक्तिसम्मको सङ्गठित समूहबाट सम्पन्न हुने गर्दछ । यस्ता किसिमका अपराधबाट प्रयाप्त मुनाफा प्राप्त गर्न सकिने भएको हुनाले प्राय सङ्गठित अपराधिक समूहले यस्तो प्रकृतिको अपराध गरी रहेका हुने । (प्रकरण नं. ४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9453
मुद्दाको विषयलागु औषध खैरो हेरोइन
निर्णय वर्ष / मिति2072/03/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री  गिरीश चन्द्र लाल | माननीय न्यायाधीश श्री  जगदीश शर्मा पौडेल
मुद्दा नं.०६७-CR-०९०७
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9453
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्