नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9450 · वि.सं. २०७२
नि.नं. 9450 — कर्तव्य ज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
पोस्टमार्टम रिपोर्टमा Asphyxial Death due to Strangulation भन्ने उल्लेख भए पनि शरीरमा सङ्घर्षका चिन्ह एवम् घटनास्थल विवरणमा कुनै पनि शङ्कास्पद स्थिति नदेखिएको अवस्थामा कुटपिटसम्मको वारदातको प्रकृति र पोस्टमार्टम रिपोर्टबिचको तादात्म्यता देखिँदैन । कुटपिटको वारदातमा लागेको चोटको कारण अत्यधिक रक्तस्राव भई मृत्यु भएको भन्ने पोस्टमार्टम रिपोट पनि नहुँदा यी प्रतिवादीलाई मृतकको मृत्युको लागि जिम्मेवार ठहराउनु कानूनसङ्गत नदेखिने । स्कुलबाट फर्केकी छोरीले घरभित्र पसेपछि मृतकलाई झुन्डिएको देखी एक्कासी चिच्याएपछि मात्र घटनाको बारेमा थाहा जानकारी पाएका प्रतिवादीले मृतकलाई बाँच्छ कि भनी प्रयासस्वरूप मृतकको घाँटीमा रहेको पासो काट्ने कार्यलाई आफैँमा अपराध भन्न मिल्ने हुँदैन । प्रतिवादीहरूले मृतकलाई मार्नुपर्नेसम्मको पूर्व रिसइबी थियो भन्ने कुरा अनुसन्धानको क्रममा कहीँ कतै केही पनि नदेखिएको अवस्थामा त्यति नै कारणले मात्र निज प्रतिवादीहरू दोषी रहेछन् भनी बिनासबुद प्रमाण भन्न मिल्ने अवस्था नरहने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9450 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान । |
| निर्णय वर्ष / मिति | 2072/02/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. |
| मुद्दा नं. | ०६८–CR-०७९३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9450 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
