नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9467 · वि.सं. २०७२
नि.नं. 9467 — विष सेवन गरि कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
जन्म दिने आमाले आफ्नो छोराछोरीको सधैँ हित नै चिताएको हुन्छ । छोराछोरीको हत्या गर्ने जस्तो गम्भिर अपराध गर्ने मनसाय कुनै पनि आमासँग रहँदैन । प्रस्तुत वारदातमा आफ्नो मृत्युपश्चात् छोराछोरीले झन् दुःख पाउने अवस्थाको कल्पना गरि धेरै दुःख नपाउन् भनी एकैपटक आफूसँगै मार्न खोजेको कार्यलाई अन्य सुनियोजित हत्या (Intentional Homicide) गर्नेलाई जस्तो कठोर सजाय गर्नु न्यायको दृष्टिले उचित नदेखिने । कसुर र सजायमा तादाम्यता हुनु आवश्यक हुन्छ । यी प्रतिवादीले पति एवम् सासूलगायतका घर परिवारका अभिभावकबाट समेत हेलापूर्ण व्यवहार भएको कारण आत्महत्या गर्न प्रयास गरेको कार्य नै दुःखद् छ । आफू मरेपछि नाबालक छोराछोरीको विचल्ली होला भनी बालबच्चाले दुःख पाउने कल्पना गरि विष सेवन गरि छोराछोरीलाई समेत विष खुवाएको घटना झन् दुःखद् छ । आफ्नो नाबालक छोरा आफ्नै कारणले गुम्न गएको पीडा प्रतिवादीले सदैब सहनु पर्ने स्थिति छ । प्रतिवादीलाई कानूनले सजाय गरेकोभन्दा पनि बढी सजायबोध परिमाणतः आजीवन भई रहने स्थितिलाई मनन् गर्दा प्रतिवादीलाई पाँच वर्ष सजाय हुने राय व्यक्त भएकामा सोसमेत चर्को पर्ने देखिँदा मुलुकी ऐन, अ.बं. १८८ नं.बमोजिम प्रतिवादीलाई चार वर्षसम्ममात्र कैद सजाय गर्नु न्यायोचित हुने । (प्रकरण नं. ५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9467 |
|---|---|
| मुद्दाको विषय | विष सेवन गरि कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2072/05/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री दीपकराज जोशी |
| मुद्दा नं. | ०७१-RC-००७६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9467 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
