नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9447 · वि.सं. २०७२

नि.नं. 9447 — अंश चलन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

मुलुकी ऐन, अ.बं ३० नं ले दुई वा दुईभन्दा बढी अंसियारहरूबिचमा अंशबन्डा भएको छ वा छैन भन्ने विवादित तथ्यको निर्णय गर्न एउटा निश्चित मापदण्ड निर्धारण गरेको छ । मिसिलमा उल्लेख भएका तथ्य र वस्तुस्थितिको मूल्याङ्कनबाट मात्र विवादको निरूपण हुन्छ । अंसियारबिच बन्डापत्रको माध्यमबाट वा व्यवहार प्रमाणबाट अलग भै बस्ने प्रचलन रही आएको हुँदा जुनसुकै माध्यमबाट होस् भिन्न भै भिन्न व्यवहार गरी भिन्न भएको पुष्टि हुने आधार देखिएमा अंसियारबिचको बन्डामा विवाद नउठोस् भन्नका लागि कानूनमा रजिस्ट्रेसन नभए पनि बन्डा भएको सदर हुने व्यवस्था समावेश गरेको देखिने । (प्रकरण नं. ४) मूल पुरूषको नामबाट सगोलमा रहेका अर्का कुनै भाइको नाममा नामसारी भएको देखिँदैमा नामसारी भई आएका जग्गा अंश लाग्ने जग्गा हो भनी न्यायिक धारणा बनाउन नमिल्ने । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9447
मुद्दाको विषयअंश चलन ।
निर्णय वर्ष / मिति2071/05/05
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दिपकराज जोशी | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
मुद्दा नं.०७०–NF–०००७
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9447
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्