नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9469 · वि.सं. २०७२

नि.नं. 9469 — बन्दीप्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

केवल माग भएको धरौटी रकम राख्न नसकेको हुदा थुनामा बस्नु परेको देखिन्छ । धरौट राख्न माग गरेको रकम बुझाउने हैसियत भएको भए उसले थुनामा बस्न नपर्ने रहेछ । यसरी रू.४००००।- निवेदकले धरौट राख्न नसक्ने कमजोर आर्थिक स्थितिको कारणबाट मात्र थुनामा बस्न परेको देखिन्छ । कुनै वयस्क व्यक्तिको लागि पनि उसको कमजोर आर्थिक अवस्थाको कारणले थुनामा बस्नुपर्ने बाध्यतालाई हुनेखानेको स्थितिको तुलनामा कानूनको आँखामा सबै समान हुने संवैधानिक प्रत्याभूति आर्थिक कारणले अवसरमा विभेदकारीको झलक दिलाउने प्रसङ्ग त्यसै त मानव अधिकार जस्तो संवेदनशील विषय प्रति चुनौतिपूर्ण छ भने त्यसमा पनि झन निवेदक १५ वर्षको नाबालक देखिएकाले मानव अधिकारको प्रश्न त झन् बढी जटिल भई यसलाई गम्भिरताका साथ संवेदनशील भई हेरिनु पर्ने । (प्रकरण नं. ४) पुर्पक्षको निमित्त माग गरेको धरौटी दिन नसकेको बालकलाई थुनछेकको प्रयोजनका लागि थुनाको विकल्पको रूपमा बालसुधार गृहमा राखेको कार्यलाई उचित र मुनासिब मान्न सकिन्न, बरू यसले उल्टै दण्डको सुधारात्मक अवधारणालाई इन्कार गरेको मान्न सकिन्छ । बालबालिकाको हकमा कानूनको द्वन्द्वमा परी निजले गरेको फौजदारी कसुरका सम्बन्धमा दण्ड निर्धारण गर्दासमेत उनीहरूको सर्वोत्तम हितलाई नजरअन्दाज गर्न सकिँदैन । प्रस्तुत मुद्दामा अन्तिम फैसलाबमोजिम थुनामा बसेको अवस्था नभै चोरी मुद्दामा पूर्वसर्तको रूपमा धरौट माग गरी धरौट दिन नसकेको आधार बनाई थुनामा राख्ने गरी भएको कार्यलाई अन्तिम उपायको रूपमा मात्र थुनाको प्रयोग गरिने भन्ने बालअधिकारसम्बन्धी महासन्धि, १९८९ को धारा ३७(२) समेतको अनुकूल रहेको मान्न नमिल्ने । बालबालिकालाई तोकिएको सजायसमेत स्थगन हुने वा भोग्न नपर्ने गरी निर्णयकर्ताले निर्णय गर्न सक्ने अवस्थामा धरौटीको विकल्पको रूपमा थुनालाई उपयोग गरिएको कार्यलाई “बालबालिकाको हक हितको संरक्षण गरी तिनीहरूको शारीरिक मानसिक र बौद्धिक विकास गर्न समयानुकूल कानूनी व्यवस्था गर्न” जारी भएको बालबालिकासम्बन्धी ऐन, २०४८ को मर्म र भावनाविपरीत देखिन आउने । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9469
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2072/05/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडैल
मुद्दा नं.०७१-WH-००७६
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9469
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्