नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9468 · वि.सं. २०७२

नि.नं. 9468 — अंश चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

अंश हक सबै अंसियारले समानरूपमा बाँडफाँड गरि लिन पाउने नैसर्गिक हक हो । मुलुकी ऐन, अंश बन्डाको ५ नं.अनुसार पिताको मृत्युपश्चात निजले पाउने अंश निजका स्वास्नी छोराहरूमा सर्न गई निजहरूले पाउँछन् । अंश हक छोड्दा वा प्राप्त गर्दा कानूनबमोजिम लिखत पास गरेर मात्र लिनुदिनु गर्नु पर्छ भनि मुलुकी ऐन, रजिस्ट्रेसनको १ नं.ले अनिवार्य कानूनी व्यवस्था गरेको छ । कानूनले लिखत पास गर्नुपर्ने भनि अनिवार्य गरेको विषयमा सगोलमा बसेका परिवार संख्या धेरै सम्पत्ति आफूखुस अलगअलग बसेको जिकिरलाई सही रहेछ भनि अनुमान गरि मानो छुट्टिई भिन्न भएको मान्दा समान अंसियारबिच समानरूपमा बन्डा हुनुपर्ने कानूनको मूल उद्देश्य नै पराजित हुन जाने । (प्रकरण नं. ४) रजिस्ट्रेसनको १ नं.अनुसार मानु छुट्टिएको वा मानु जोडिएको लिखत रजिस्ट्रेसन पास भएकै हुनु पर्दछ । घरसारको लिखत भए पनि त्यस्तो लिखतको आधारमा मानु छुट्टिएको मिति कायम हुँदैन । कुटपिटको वारदातबाट नै मानो छुट्टिएको मिति कायम हुँदैन । मानो छुट्टेको मिति कायम हुने पहिलो प्रमाण भनेकै अड्डाबाट रजिस्ट्रेसन पास भएको लिखत हुने । (प्रकरण नं. ५) समान पुस्ताका भाइभाइ बिचमा बन्डा नहुँदै सोही पुस्ताको एक अंसियार प्रतिवादीका नाममा रहेका जग्गा निजले छोडपत्र गरि आफ्नी श्रीमती र छोरालाई दिँदैमा त्यस्तो व्यवहारले वादीको उक्त सम्पत्तिमा प्रतिकूल प्रभाव पार्न सक्दैन । कानूनले उक्त छोडपत्र लिखतका जग्गाहरूमा वादीहरूको अंश हक निहित रहने नै हुँदा छोडपत्रबाट हक हस्तान्तरण गरेका जग्गामा समेत बन्डा लगाएको मिलेन भन्ने प्रतिवादीको जिकिर कानून र न्याय सङ्गत रहेको नपाइने । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9468
मुद्दाको विषयअंश चलन
निर्णय वर्ष / मिति2072/05/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.
मुद्दा नं.०६९-CI-०१७२ | ०६९-CI-०७१७
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9468
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्