नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9460 · वि.सं. २०७२
नि.नं. 9460 — मोही नामसारी
सिद्धान्त / नजिर सार (Headnote Summary)
मोही लागेको जग्गाको लगत र विवरण अद्यावधिक राख्ने आधिकारिक निकाय भूमिसुधार कार्यालय हो । भूमिसुधार कार्यालयको रेकर्डमा नै मोही लगत कट्टा भएको भन्ने कुरा नदेखिएको अवस्थामा त्यस्तो मोहीको लगत कट्टा भई सकेको भनी अदालतले अनुमान गर्न नमिल्ने । (प्रकरण नं. ३) प्रत्यर्थीको पतिको मोही लगत कट्टा भइसकेको भन्ने जिकिर लिने पुनरावेदक प्रतिवादीले नै सो कुराको तथ्ययुक्त प्रमाण पेस गरी आफ्नो दाबी पुष्टि गराउनु पर्ने हुन्छ । मोहीको लगत कट्टा गर्ने अधिकारप्राप्त निकाय भूमिसुधार कार्यालय भएको सन्दर्भमा मालपोत कार्यालयको स्रेस्तामा मोहीको लगत कट्टा भएको कैफियत जनिएको भन्ने मात्र जिकिरले मोही लगत कट्टा भएको मान्न मिल्ने नहुने । (प्रकरण नं. ४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9460 |
|---|---|
| मुद्दाको विषय | मोही नामसारी |
| निर्णय वर्ष / मिति | 2071/08/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. |
| मुद्दा नं. | ०६८-CI-११३६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9460 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
