नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9449 · वि.सं. २०७२
नि.नं. 9449 — भ्रष्टाचार ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
जग्गा खरिदबिक्री गर्दा हुने खर्च एवम् आम्दानी यकिन गर्दा लिखतमा अङ्कित मूल्यलाई आधार मानी गणना गर्दा वास्तविक र कानूनसङ्गत हुने नैं हुन्छ । वस्तुनिष्ठ प्रमाणबिना हालको मूल्य भनी अनुमानको आधारमा मूल्य यकिन गर्दा अवास्तविक हुन जाने । प्रतिवादीले जग्गा बिक्री गरेबापत आय यकिन गर्दा लिखत मूल्य मान्ने तर तिनै प्रतिवादीले खरिद गर्दा लिखत मूल्य नमानी अनुमानको भरमा हालको प्रचलित मूल्यमा मूल्याङ्कन गर्दा एउटै विषयमा दोहोरो मापदण्ड भई असमानता हुने हुँदा सम्पत्ति खरिद एवम् बिक्री गर्दा अन्यथा प्रमाणित नभएसम्म लिखतमा अङ्कित मूल्यका आधारमा मूल्याङ्कन गर्नु न्यायोचित हुने । (प्रकरण नं.२) कुनै पनि व्यक्तिको नाममा रहेको सम्पत्ति निजले गैरकानूनीरूपमा आर्जन गरेको भनी उजुरी परेपछि मात्र त्यस्तो सम्पत्ति विवादित सम्पत्ति मानिने हुन्छ । सम्पत्तिको स्रोत खुलेको नखुलेको भन्ने कुरा विवादको रोहमा अदालतको अन्तिम निर्णयले ठहर हुने कुरा भएको हुँदा विवाद पर्नुअघि जसको नाममा उक्त सम्पत्ति रहेको छ कानूनीरूपमा उक्त सम्पत्ति उसैको हुनेमा विवाद रहँदैन र त्यस्तो सम्पत्तिबाट बढे बढाएको सम्पत्ति पनि त्यस्तो व्यक्तिको आम्दानीको स्रोत बन्नै नसक्ने भन्ने हुँदैन । तर आधारभूत सम्पत्तिको स्रोत पुष्टि गर्न सकेको अवस्था भने हुनैपर्ने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9449 |
|---|---|
| मुद्दाको विषय | भ्रष्टाचार । |
| निर्णय वर्ष / मिति | 2071/08/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपकराज जोशी |
| मुद्दा नं. | ०६७-CR-०१७८ | ०६५–CF–०००१ | ०६५-CR-००३१ | ०६५-CR-००४५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9449 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
