नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9461 · वि.सं. २०७२

नि.नं. 9461 — गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

लोडबेरिङ वाल सिस्टमको घर निर्माण लागतमा फ्रेम स्टक्चरको घरको निर्माण लागतमा जस्तो गरि ओभरहेड कस्ट र ठेक्का कर घटाउन मनासिब नहुने । (प्रकरण नं.१८) जाँच अवधिभित्र खरिद गरेको समय यकिन नभएको अवस्थामा २०५९ सालको बजार मूल्यको आधारमा मूल्य कायम गर्नु न्यायोचित हुन नसक्ने । (प्रकरण नं.२०) अचल सम्पत्तिको हक प्राप्त गर्ने प्राथमिक र विश्वसनीय आधारभूत प्रमाण आधिकारिक निकाय मालपोत कार्यालयबाट पारित रजिस्ट्रेसनको लिखत हो । सो लिखतमा लेखिएको व्यहोरा अन्यथा नभएसम्म मान्नु पर्ने हुने । (प्रकरण नं.२९) माग दाबी गर्दाको अवस्थामा तलबलाई स्वीकार गर्ने र पुनरावेदन तहमा आएर अस्वीकार गर्नु न्यायिक मूल्य र मान्यताको विपरीतसमेत हुने । (प्रकरण नं.३५) मोही लागेको जग्गामा भूमिसम्बन्धी ऐनले निर्धारण गरेबमोजिम कूत बाली पाउने कुरामा विवाद छैन । तसर्थ मोही लागेको जग्गामा कूतको आधारमा कृषि आय गणना गरिनु मनासिब नै हुने । (प्रकरण नं.५०) जग्गाको हैसियत सधै एकनासको हुँदैन । नयाँ नयाँ प्रविधि र सिँचाइ सुविधाको कारण कृषि प्रणालीमा सुधार हुँदै आएको र त्यस्ता जग्गाहरू साबिकको पटेर/पोखर र जङ्गल नै रहिरहने अवस्था हुँदैन । विकासको क्रममा कृषियोग्य जमिनमा परिणत हुँदै आएको पाइने । (प्रकरण नं.५२) छोरी चेलीले जन्मेदेखि नै माइती, मावली र अन्य आफन्तजनबाट कुनै समारोह, चाड पर्व, उत्सव, जन्मदिनसमेतका अवसरमा टीकाटालोबाट नगद पाउने गर्दछन् । त्यसरी पाएको नगद पाउने व्यक्तिको नै हुने भन्ने हाम्रो नेपाली समाजको विशिष्ट चरित्र हो । अतः सम्पत्तिको स्रोत खुलाउने दायित्व भएका पुनरावेदक प्रतिवादीले बयानमा रू. ७५,००० ।– टीकाटालोबापत प्राप्त गरेको भनि बयान गरेको देखिँदा विशेष अदालत, काठमाडौंले गरेको फैसला सो हदसम्म अन्यथा नदेखिँदा रू. ७५,०००।- प्रतिवादीको आयमा गणना हुन जाने । (प्रकरण नं.६०) वास्तविक न्यायको अनुभूति अदालत एक्लैको प्रयासबाट मात्र हुन सक्दैन । मुद्दा चलाउने र अनुसन्धान गर्ने अधिकारीले प्रमाण सङ्कलन र अनुसन्धानका पाटाहरू अदालतकै जिम्मामा छाड्ने र अस्पष्ट दाबी लिने जस्ता कमजोरीहरू वादी पक्षले सिर्जना गरि दिएको खण्डमा भ्रष्टाचार निवारण गर्ने ऐनको मनसाय पूरा हुन सक्दैन । प्रतिवादी पक्षले लिएको जिकिर न्यायिक, विवेकसम्मत र तार्किक छ र वादी पक्षले खण्डन गरेको छैन भने अदालतले त्यसै अनुरूप विवादको निरूपण गर्नु पर्ने हुन आउने । (प्रकरण नं.६५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9461
मुद्दाको विषयगैरकानूनीरूपमा सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको ।
निर्णय वर्ष / मिति2072/06/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री  दीपकराज जोशी
मुद्दा नं.०६६-CR-०३२३ | ०६६-CR-०३२४ | ०६६-CR-०३२५ | ०६६-CR-०३२६ | ०६६-CR-०३२७ | ०६५-CI-००३१ | ०६५-CR-००४५ | ०६५-CR-०००९ | ०६५-CR-००६४ | ०६७-CR-०३४० | ०६७-CR-०७७८ | ०६५-CR-००३१
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9461
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्