भवितव्यमा कर्ताको कार्य सामान्यतः कानूनद्वारा वर्जित नगरेको र निज कर्ताको कार्यबाट कुनै व्यक्तिको हत्या नै हुन पुग्छ भन्नेसमेत आशंका नहुने । (प्रकरण नं.५) मृतकको कारणबाट प्रतिवादीले आत्मसंयम गुमाई तत्कालै अगाडिबाट मृतकलाई प्रहार भई मृत्यु हुन पुगेको र त्यस अवस…
उमेरको गणना गर्ने सम्बन्धमा विभिन्न देश, समाज र संस्कृतिमा भिन्न तरिकाहरू विद्यमान भए तापनि नेपालमा सरकारको कामकाज वा कार्यालयको प्रयोजनका लागिसमेत बालबालिकाको जन्म भएको मितिदेखि अर्को वर्षको जन्मदिनलाई एक वर्ष मानी अर्थात् जन्मदिनलाई एक दिन पूरा भएको गणना ग…
कसुरदारको सहयोगी वा मतियारले गरेको कार्यको गाम्भीर्य, वारदात सम्पन्न हुनुपूर्व वा वारदातपछिको निजको संलग्नताको अवस्था वा कसुरको परिमाण (मात्रा) एवम् यसरी सहयोगी कार्य गर्दाको अवस्थामा निजको आपराधिक मनसायलगायतको सम्बन्धमा प्राप्त प्रमाणको मूल्याङ्कनको आधारमा नि…
बढुवा प्रयोजनका लागि कुनै कानूनमा अस्थायी सेवाको निश्चित अवधि स्थायी सेवामा गणना गर्ने प्रयोजनका लागि निर्मित कानूनी व्यवस्थालाई सोही प्रयोजनको लागि मात्र हो भनी बुझ्नुपर्ने । बढुवा प्रयोजनको लागि अस्थायी सेवाको निश्चित अवधिलाई स्थायीसरह मानी जोडिने प्रावधानला…
न्यायिक पुनरावलोकन गर्दा राज्यका कुनै निकायले आफूलाई प्राप्त क्षेत्राधिकारभन्दा बाहिर गएर निर्णय गरेको छ वा आफूलाई प्राप्त अधिकारको दुरूपयोग गरेको छ वा अधिकारको स्वेच्छाचारी एवं भेदभावपूर्ण प्रयोग गरेको छ वा अधिकारको प्रयोग बदनियतपूर्वक गरेको छ वा कानूनको देखा…
मानव बेचबिखन र मानव ओसारपसार दुई भिन्न कसुरजन्य कार्य भएकोले दुवैको कसुरजन्य अवस्था, कसुरको प्रकृति एवम् परिणामसमेत फरक फरक हुने । यी कसुरहरू प्राय: सँगसँगै हुने भएकोले कुनै वारदातमा दुवै कसुर हुने वा कुनैमा एउटा मात्र पनि हुन सक्ने । एउटाको अभावमा अर्को कसुर…
कानून व्यवसायीले बहस पैरवी गरेको छ भने पनि फैसलाको पूर्ण लेख तयार भएपछि निजले सोको नक्कल लिएको छ भने उक्त नक्कल लिएको मितिमा मात्र उसलाई फैसलाको पूर्ण लेखका बारेमा जानकारी हुने हुँदा निजले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३४(१) बमोजिम पुनरावेदन…
उद्योगले प्रदूषण रोकथाम र नियन्त्रणका लागि आधुनिक प्रविधि तथा मेसिनरीहरू जडान गर्ने कार्यहरू गरेको, उद्योगको क्षमता वृद्धिको लागि परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण (Revised IEE) प्रतिवेदन ससर्त स्वीकृत गराएको र स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षणबमोजिम…
कसुरदार ठहर गर्नको लागि परिवारका केही सदस्य वारदातमा संलग्न रहेबाट परिवारका सबै सदस्य संलग्न रहेको अनुमान गर्नु न्यायसङ्गत नहुने । कसुरदार ठहर गर्न कसुरजन्य कार्य गरेकै हुनुपर्ने । (प्रकरण नं.१२)
विकास र वातावरणलाई एक अर्काको सहायक र पूरकको रूपमा नै हेर्नुपर्ने । (प्रकरण नं.२४) ठुलो लगानी गरेर स्थापना भएका उद्योगहरूलाई सुधार योग्य र सुधारात्मक प्रकृतिका प्राविधिक कमजोरी भएको आधारमा उद्योग नै बन्द गर्ने जस्तो अन्तिम अस्त्र प्रयोग नगरी उद्योगलाई सुधार गर…
प्रतिवादीहरू नाबालिग भएको कारण अर्को पीडित नाबालिगलाई क्षतिपूर्ति नभराउने हो भने समानताको हक प्रतिकूल भई पीडितलाई अन्याय पर्न जाने । प्रतिवादीहरू नाबालिग भएको कारण क्षतिपूर्ति भर्नु नपर्ने भन्ने जबरजस्ती करणीको महलमा उल्लेख भएकोसमेत नपाइने । बालबालिकासम्बन्धी…
कुनै व्यक्तिको जन्म हुँदा निजका बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुने छ भनी उल्लेख भइरहेको परिप्रेक्ष्यमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित नभएसम्म भन्ने कारण देखाई निवेदकहरूलाई नागरिकत…
विद्यार्थीको हकहितको आवरणमा कलेजले गरेको बेरित वा गैरकानूनी भर्नालाई सदैव वैधानिकताको आवरण दिनु उचित नहुने, यस्तो अनियमित वा गैरकानूनी कार्य गर्न शिक्षण संस्था अग्रसर हुन्छ भने त्यसको परिणाम त्यस्ता सम्बन्धित संस्थाले तथा जानीजानी त्यस्तो कार्यमा संलग्न हुन्छन…
भारतले न्युयोर्क महासन्धिमा आरक्षण (Reservation) राखेको, पारस्परिकताको हैसियत प्राप्त गर्न भारतीय कानूनमा नै आधिकारिक राजपत्रमा सूचीकृत गरिनुपर्ने व्यवस्था रहेको र सोही कानूनी व्यवस्थाअनुसार भारतीय अदालतहरूले व्यवहार गरेको देखिएको, भारतको कानूनी व्यवस्थाले नेप…
जात, जाति, भाषा, धर्म, सम्प्रदाय, लिङ्ग वा यस्तै असङ्गत कुराका आधारमा अन्यथा आग्रह, पूर्वाग्रह वा कुनै अनुचित अभीष्ट राखेर स्वेच्छाचारी तबरबाट निर्णय गरिएको अवस्थामा बाहेक सामान्यतया: स्थानीय सरकारको तहबाट कानूनको दायराभित्र रही भए-गरिएका विकास निर्माण वा जनस्…
एकै तहमा पनि फरक फरक पदनाममा रहेर गर्नुपर्ने कार्य विवरण फरक हुन सक्ने । कर्मचारीले आफ्नो कार्य सम्पादनको सिलसिलामा स्तरवृद्धि भई प्राप्त गरिसकेको पदलाई जुनसुकै कारण र बेहोराले पनि फरक पर्ने गरी समायोजन गरिँदा निजले गर्नुपर्ने कार्य प्रकृतिमा फरक मात्र पर्ने न…
वृद्धावस्थाको महिला आफैँ जग्गा आवाद गर्न सक्ने अवस्थामा नरही सोजग्गा उपभोग गर्ने निजको एकाघरको छोराउपर परेको फिरादलाई अन्यथा मान्न नमिल्ने । (प्रकरण नं.७)
प्रतिवादीले पीडितको शरीरमा कहीँकतै कोतरिएको छैन भनी पीडितसँग करणी भएको भए निजको शरीरमा सङ्घर्षका चिह्न हुनुपर्ने हो भन्नेतर्फ सङ्केत गरेको अवस्थामा पीडित अवोध नाबालिगले प्रतिवादीउपर प्रतिकार गर्न सक्ने अवस्था नै नआउने हुँदा शरीरमा चिथोरिएको कोतरिएको प्रमाणको…
दुई जना प्रतिवादीहरू मिली संयुक्तरूपमा गरेको चोरीको कसुरमा जो जससँग जे बरामद भएको छ त्यतिको मात्र बिगो कायम गरी सोबमोजिम जरिवाना गर्न नमिल्ने । दुई जना मिली वारदात गरेको पुष्टि भएपश्चात् दुई जनासँगबाट बरामद भएका वस्तुहरूमा दुवै जनाको दायित्व कायम गरी सजाय निर…
बेपत्ता हुनेको नाममा दर्ता भएको जग्गा हक पुग्नेले दर्ता गर्न हकवाला सबैको सहमति हुनुपर्नेमा अन्यथा नहुने तर जग्गा भोगचलन गरिरहेको व्यक्तिले आफूले अटुट रूपमा भोगचलन गर्ने दूषित मनसायका साथ सहमति दिएन भने त्यस अवस्थामा उक्त जग्गा हकवालाहरूबिच भागबण्डा गरिदिनुपर्…
कुनै वस्तुको मूल्य कुनै चरणमा नखुलेको अवस्थामा सोको चलन चल्तीको बजार मूल्यलाई आधार लिनुलाई स्वाभाविक मान्न सकिएला तर कुनै चरणको मूल्य स्पष्ट खुलेको अवस्थामा सो चरण पार गरी अर्को चरणमा प्रवेश नभएसम्म सो चरणको खुलेको मूल्यलाई नमानी बजार मूल्य यति रहेको वा रहन सक…
मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा १५५ को उपदफा (१) को कानूनी व्यवस्थामा उल्लिखित कसुरदारको उमेर, कसुरको गम्भीरता, कसुर गरेको तरिका, आचरण र निजलाई छोड्दा सार्वजनिक शान्ति, कानून र व्यवस्थामा खतरा पुग्ने नपुग्ने एवम् त्यस्तो कसुरदारलाई कारागारमा राख्न…
मासिक रक्तस्राव भएको बेला भएको सामूहिक जबरजस्ती करणी थप पीडादायिक अवस्था हो । मासिकस्रावको बेला पीडितको शारीरिक अवस्था तथा प्रतिरोधात्मक क्षमता कमजोर रहने हुँदा यसलाई सजाय बढाउने तत्त्व विद्यमान रहने अवस्थाका रूपमा हेरिनुपर्ने । यस्तो अवस्थामा वीर्य योनिमा नरह…
परिस्थितिजन्य प्रमाणबाट कसुर पुष्टि भएको हो कि भन्नलाई फौजदारी कसुरमा परिस्थितिजन्य प्रमाणको विवेचना गर्नुपर्दा तथ्यका प्रत्येक कडी एकआपसमा आवद्ध र अन्योन्याश्रित भएको हुनुपर्ने र तथ्यको कुनै एक कडीको पनि अनुपस्थिति भएमा सो प्रमाण खण्डित भएको मान्नुपर्ने । (प्…