नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10913 · वि.सं. २०७९

नि.नं. 10913 — उत्प्रेषण / परमादेशसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

न्यायिक पुनरावलोकन गर्दा राज्यका कुनै निकायले आफूलाई प्राप्त क्षेत्राधिकारभन्दा बाहिर गएर निर्णय गरेको छ वा आफूलाई प्राप्त अधिकारको दुरूपयोग गरेको छ वा अधिकारको स्वेच्छाचारी एवं भेदभावपूर्ण प्रयोग गरेको छ वा अधिकारको प्रयोग बदनियतपूर्वक गरेको छ वा कानूनको देखादेखी त्रुटि हुने गरी प्रयोग गरेको छ वा प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुने गरी प्रयोग गरेको छ वा निहित स्वार्थका लागि अधिकारको जालसाजपूर्ण प्रयोग (Colorable Exercise of Power) भएको देखिएमा त्यस्तो अधिकार प्रयोग गरी भएको निर्णय बदर गर्न उत्प्रेषणको आदेश जारी हुने । (प्रकरण नं.५) निर्वाचन चिह्नको निर्धारण गर्ने अधिकार निर्वाचन आयोगलाई रहेको सन्दर्भमा केही चिह्नहरूलाई संरक्षित चिह्नको रूपमा निर्धारण गर्ने अधिकार पनि निर्वाचन आयोगलाई रहेको मान्नुपर्ने । दललाई आफूले रोजेको निर्वाचन चिह्न पाउने अधिकार कुनै कानूनले प्रदान गरेको नदेखिएको तथा "गाई" निर्वाचन चिह्न नदिने गरी निर्वाचन आयोगबाट भएको निर्णय स्वेच्छाचारी र बदनियतपूर्ण रहेको भन्ने नदेखिने । (प्रकरण नं.१८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10913
मुद्दाको विषयउत्प्रेषण / परमादेशसमेत
निर्णय वर्ष / मिति2079/05/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्‍ठ
मुद्दा नं.०७८-WO-१६०८
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10913
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्