नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10917 · वि.सं. २०७९
नि.नं. 10917 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
भवितव्यमा कर्ताको कार्य सामान्यतः कानूनद्वारा वर्जित नगरेको र निज कर्ताको कार्यबाट कुनै व्यक्तिको हत्या नै हुन पुग्छ भन्नेसमेत आशंका नहुने । (प्रकरण नं.५) मृतकको कारणबाट प्रतिवादीले आत्मसंयम गुमाई तत्कालै अगाडिबाट मृतकलाई प्रहार भई मृत्यु हुन पुगेको र त्यस अवस्थामा कुनै जोखिमी हतियारसमेत प्रयोग नभएको देखिएको हुँदा निज प्रतिवादीको कार्य भवितव्य नभई आवेशप्रेरित हत्या भएको भनी मान्नुपर्ने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10917 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2077/10/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा | माननीय न्यायाधीश श्री पुष्पराज कोइराला |
| मुद्दा नं. | ०७०-CR-१६४५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10917 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
