नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10911 · वि.सं. २०७९

नि.नं. 10911 — बन्दीप्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

कानून व्यवसायीले बहस पैरवी गरेको छ भने पनि फैसलाको पूर्ण लेख तयार भएपछि निजले सोको नक्‍कल लिएको छ भने उक्त नक्‍कल लिएको मितिमा मात्र उसलाई फैसलाको पूर्ण लेखका बारेमा जानकारी हुने हुँदा निजले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३४(१) बमोजिम पुनरावेदन गर्ने प्रयोजनको लागि विधिवत् रूपले थाहा जानकारी पाएको मानिनुपर्ने । मुद्दाको सुनुवाइको दिन पक्ष वा निजको प्रतिनिधिको उपस्थिति रहेको र कानून व्यवसायीले बहस गरेको भन्‍ने आधारमा मात्र फैसलाको जानकारी प्राप्त भएको मानिने कार्यलाई न्यायिक र युक्तिसङ्गत मान्‍न नसकिने । (प्रकरण नं.५) कानूनमा फैसला भएको मितिले एक वर्षपछि स्वतः थाहा पाएको मानिने भन्‍ने बेहोराले पक्षको पुनरावेदन गर्ने म्याद निर्णय सुनाएको वा फैसलाको प्रमाणीकरण भएको मितिदेखि नभई फैसलाको पूर्णलेख तयार भई प्रमाणीकरण भएको दिनबाट एक वर्ष व्यतीत भएपछि प्रारम्भ हुने । (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10911
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2079/01/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश डा. श्री कुमार चुडाल
मुद्दा नं.०७८-WH-०१७६ | ०७७-RE-०२०५ | ०७५-CB-००९० | ०७७-RE-०२०२
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10911
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्