सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २२१ / ४४०

नि.नं. 6232वि.सं. २०५३संयुक्त इजलास

जग्गा श्रेस्ता कायम गरी दाखिल खारेज समेत गरी पाउं ।

§ दुई थरीका वीचमा एकै कित्ता जग्गाको सम्वन्धमा स्वामित्वको प्रश्न उठी दर्ता श्रेस्ता बनाई जग्गाधनी प्रमाणपुर्जा पाउन उजुर परेकोमा त्यस्तोमा सवुत प्रमाणको मुल्याकंन गरी जग्गाको स्वामित्वको विवादको टुंगो लगाई एउटा जग्गाधनी र अर्का पक्षलार्ई मोही कायम गर्न अधिकार…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6231वि.सं. २०५३संयुक्त इजलास

परमादेश लगायत उपयूक्त आदेश जारी गरी पाउं ।

§ मायादेवी मन्दीरको पुनः निर्माण योजना अनुसार उत्खनन् र अन्वेषणवाट मायादेवीको पुरानो वनौट पत्ता लगाई सोही अनुरुप पुनः निर्माण गरिने भन्ने रहेको देखिन्छ । मायादेवी मन्दीर स्थित पिपलको बृक्ष प्राचिन स्मारक रहेको भन्ने कुराको निवेदकले प्रमाण दिन सकेको देखिन्न । त…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6230वि.सं. २०५३विशेष इजलास

उत्पे्रषण मिश्रीत परमादेश लगायत जो चाहिने उपयुक्त आदेश जारी गरी पाउं ।

§ निजामती सेवा ऐन, २०४९ को दफा ७५ मा यस ऐनको उद्देश्य कार्यान्वयन गर्नको लागि श्री ५ को सरकारले सवै निजामती सेवाहरुमा सामान्य रुपले लागु हुने नियमहरु बनाउन सक्नेछ भन्ने उल्लेख भए वमोजिमको अधिकार प्रयोग गरी श्री ५ को सरकारले नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6229वि.सं. २०५३पूर्ण इजलास

मूद्दाः अंश चलन ।

§ विधिकर्ताले नयां सारवान कानून बनाउंदा त्यस्तो कानूनमा संशोधन गर्दा तथा त्यस्तो कानूनको खारेजी गर्दा कसैको कुनै हक अधिकारमा असर पर्ने हुन्छ नै । संवैधानिक सीमा बन्देजभित्र रही विधिकर्ताले सारवान विधिको नयां घोषणा सो विधिमा संशोधन तथा सो को खारेज गर्दा श्रृजना…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6228वि.सं. २०५३विशेष इजलास

उत्प्रेषण लगायत अन्य जो चाहिने आदेश जारी गरी पाउं ।

§ लोक सेवा आयोगद्वारा जारी गरिएको सामान्य सिद्धान्त, २०४३ विधायिकाद्वारा निर्मित कानून नभै तत्कालीन नेपालको संविधान, २०१९ को धारा ७८ (३क) ले संस्थानको सेवा वा पदमा नियुक्ति वढुवा र विभागीय कारवाही गर्दा अपनाउन पर्ने सामान्य सिद्धान्तको विषयमा लोक सेवा आयोगको प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6227वि.सं. २०५३विशेष इजलास

उत्प्रेषण

§ निजामती सेवा ऐन, २०४९ को दफा ५८ मा आर्थिक सुविधा तलव उपदान निवृत्तिभरण आदि किटिएका र यस्तै प्रकारका अन्य आर्थिक सुविधा परिलक्षित छन् । तसर्थ यस्ता आर्थिक सुविधा सम्वन्धी शर्तमा मात्र कर्मचारीको मन्जूरी लिनूपर्ने हून्छ । सो वाहेक सेवाको गठन पदाधिकारको सृजना र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6226वि.सं. २०५३पूर्ण इजलास

कर्तब्य ज्यान ।

कर्तव्यज्यान ।

§ प्रतिवादी धनवीर आले मगरले अदालतमा आएर वयान गर्दा आफुले मृतक नन्दीसरा समेतलाई कर्तब्य गरी मारेमा इन्कार भई बयान गरेको देखिन्छ । अदालतमा बयान गर्दा प्रहरीले चाकमा खूर्सानी हाली यातना दिई प्रहरीले आफै लेखि सही गर भनेकोले मैले सही गरेको मैले स्वइच्छाले गरेको होइ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6225वि.सं. २०५३पूर्ण इजलास

उकास जग्गा दर्ता गरी पाउं ।

उकास जग्गा दर्ता गरी पाऊँ

§ न्याय प्रशासन ऐन, २०४८ को दफा ८(१) ले पुनरावेदन अदालतलाई आफ्नो मातहतको जिल्ला अदालत र प्रचलित कानूनमा अन्यथा व्यवस्था भएकोमा वाहेक आफ्नो प्रादेशिक क्षेत्राधिकार भित्र रहेका अन्य कुनै निकाय वा अधिकारीले मुद्दा मामिलामा गरेको शूरु फैसला वा अन्तिम आदेश उपर पुनर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6224वि.सं. २०५३विशेष इजलास

संविधानको धारा ८८(१) वमोजिम वाझिएको कानूनलाई अमान्य घोषित गरी ८८(२) वमोजिम उत्प्रेषणयुक्त परमादेश समेत जारी गरी पाउं ।

§ संविधानद्वारा प्रदत्त मौलिक हक उपर अनुचित वन्देज लगाउने गरी भएको कानूनी व्यवस्था अवश्य पनि संविधान प्रतिकुल हुन गै अमान्य र वदर हुने हुन्छ । तर त्यसको लागि सो विवादित कानूनले मौलिकहकमा अनुचित वन्देज लगाएको छ छैन भन्ने कुरा नै मुल रुपमा हेर्नुपर्ने हुन आउने ।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6223वि.सं. २०५३विशेष इजलास

उत्प्रेषण

§ नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ को उपधारा (१) मा सवै नागरिक कानूनको दृष्टिमा समान हुनेछन् । कसैलाई पनि कानूनको समान संरक्षणबाट वंचित गरिने छैन भन्ने उल्लेख भएको पाइन्छ भने सोही धारा ११ को उपधारा (२) मा सामान्य कानूनको प्रयोगमा कुनै पनि नागरिक माथि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6222वि.सं. २०५३एक न्यायाधीशको इजलास

विषयः उत्प्रेषणको आदेश जारी गरी पाउँ ।

§ मोहियानी कायम गरिपाउँ भनी कारवाही चलाएकै आधारमा निवेदकलाई कानून बमोजिमको मोही मान्न नमिल्ने । (प्र.नं. ५) § मोहिको हैसियत कायम गर्न नसकेको अवस्थामा कानून बमोजिम मोहीले सुविधा पाउने अवस्था नहुने ( प्र.नं. ५) § भविष्यमा मोही कायम हुन्छ भन्ने कथनकै आधारले मोही…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6221वि.सं. २०५३एक न्यायाधीशको इजलास

परमादेश

२०५१ साल कार्तिकमा भएको मध्यावधी निर्वाचनमा एमालेका मनमोहन अधिकारीले काठमाडौं क्षेत्र नं. १ र ३ बाट विजय हासिल गरेपछि प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०४७ को दफा ३० अनुसार क्षेत्र नं. १ को सदस्यता त्याग गर्नु भएकोमा ऐ. ऐनको दफा २४(३) अनुसार हालसम्म उप निर्वाच…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6219वि.सं. २०५३संयुक्त इजलास

कर्तव्य ज्यान

कर्तव्यज्यान ।

अपराधबाट बच्न र कानूनी सजायबाट उम्कन प्रतिवादीले अदालतमा जे जस्तो झुठो कुरा पनि गर्न सक्ने परिप्रेक्ष्यमा निजहरुको इन्कारी बयानलाई मुद्दाको समुचित तथ्यसँग भिडाएर हेर्नु पर्ने । (प्र.नं. १८) प्रहरीमा गरेको सावितीलाई बरामदी मुचुल्का समेतबाट समर्थित भएको स्थितिमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6218वि.सं. २०५३संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण ।

बन्दीप्रत्यक्षीकरण

बन्दीप्रत्यक्षीकरण मुद्दाको अर्थ थुनामा रहेको व्यक्तिलाई हाम्रो सामु उपस्थित गराउ (Have the body before us) भन्ने हुन्छ । बन्दीलाई थुनामा राख्नुको कानून संगत आधार र अवस्था नदेखिएको अवस्थामा बन्दीलाई थुनाबाट मुक्त गर्ने आदेश जारी गर्नु नै बन्दीप्रत्यक्षिकरणको उ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6217वि.सं. २०५३संयुक्त इजलास

विषयः उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ ।

नगरपालिका ऐन, २०४८ को परिच्छेद ४ को काम कर्तव्य र अधिकार शीर्षक अन्तर्गत दफा १५ मा नगरपालिकाको काम, कर्तव्य र अधिकार मध्ये सोही दफाको उपदफा (१) को खण्ड (र) मा हक बेहक छुट्याउने बाहेक घर, पसल, सडक आली सन्धी सर्पन सम्बन्धी उजुर परेमा जाँची किनारा गर्ने भन्ने उल्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6216वि.सं. २०५३संयुक्त इजलास

लेनदेन ।

लेनदेन.

तमसुकमा केवल महिना मात्र उल्लेख भएको अवस्थामा सो महिनाको शुरुको मितिलाई इङ्गीत गरेको मान्न मिल्ने अवस्था देखिँदैन । महिनाको मात्र उल्लेख भएकोमा सो महिनाको अन्तिम दिनलाई नै इङ्गीत गरेको मान्नु पर्ने । (प्र.नं. १६) महिनाको शुरु देखि अन्तिम दिन भन्दा अगाडिलाई इङ्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6215वि.सं. २०५३संयुक्त इजलास

निषेधाज्ञा ।

निषेधाज्ञा

जग्गावालाले बसोबास गर्न घरबारीको लागि मोहीले कमाएको जग्गा झिक्न पाउँ भनी निवेदन दिएकोमा जग्गाको तोकिएको मोलको सयकडा २५% प्रतिशत क्षतिपुर्तिको रुपमा जग्गावालाबाट दिलाई काठमाडौं उपत्यकामा ५ रोपनी सम्म जग्गा झिक्न पाउने गरी स्थानीय नगरपालिकाले आदेश जारी गर्न सक्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6214वि.सं. २०५३संयुक्त इजलास

उत्प्रेषण

निवेदकले नेपाल बैंक लिमिटेड प्रधान कार्यालयबाट चेक सहितको पत्र नेपाल बैंक लिमिटेड किर्तिपुर शाखामा बुझाउन लिईएकोमा सो पत्र अनधिकृत व्यक्ति अम्बर बहादुर श्रेष्ठलाई बुझाएकोमा विभागीय कारवाही चली मिति २०४१।४।१६ मा बर्खास्ती पत्र महाप्रवन्धकबाट दिएको देखिएको छ । न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6213वि.सं. २०५३संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरी पाउँ ।

निकासी पैठारी ऐन, २०१३ अन्तर्गत बनेको निकासी पैठारी नियमहरु, २०३४ नियम २ को खण्ड (ग) मा "इजाजतपत्र भन्नाले तोकिएको मालबस्तु पैठारी गर्न नियम ४ बमोजिम जारी गरिने इजाजत पत्र सम्झनु पर्छ" भनी परिभाषा गरिएको र नियम ४ मा पैठारीको निमित्त अनुसूची ४ बमोजिमको ढाँचा तो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6212वि.सं. २०५३पूर्ण इजलास

बन्दीप्रत्यक्षीकरण

राहदानी ऐन, २०२४ को दफा ५ को कसूर गरेकोद्य ठहर भएमा एक बर्षसम्म कैद वा रु. पाँच सयसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने देखिन आउँछ । अ.बं. ११८(३) नं. मा "नेपाल अधिराज्यमा स्थायी बसोवास नभएको कुनै अभियुक्त तत्काल प्राप्त प्रमाणबाट ६ महिना वा सो भन्दा बढी कैदको सज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6211वि.सं. २०५३पूर्ण इजलास

कर्तव्य ज्यान

कर्तव्यज्यान ।

पहिले देखि नै अंश मुद्दा चली रहेको प्रतिवादीले बन्दुक लिई कोठाबाट निस्किएको भन्ने मृतककी छोरी सोभाले गरी दिएको बकपत्र प्रतिवादीको आमाले गरेको बकपत्र समेतबाट तत्काल उठेको रिस थाम्न नसकी प्रतिवादीले आफ्नो साथमा रहेको बन्दुक चलाएको अवस्था देखिन आउने। (प्र.नं. २०)…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6210वि.सं. २०५३पूर्ण इजलास

उत्प्रेषण

सार्क सचिवालयले कुटनैतिक नियोगको सुविधा र उन्मुक्ति पाउने कुराको प्रष्ट रुपमा Head Quarter Agreement ले व्यवस्था गरेको र धारा १२ मा सचिवालयले परराष्ट्र मन्त्रालय मार्फत नै अन्य निकायहरुसँग सम्पर्क गर्ने भनी किटानी व्यवस्था भएकोले र अन्तर्राष्ट्रिय प्रचलन अनुसा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6209वि.सं. २०५३पूर्ण इजलास

उत्प्रेषण लगायत जो चाहिने आदेश जारी गरी पाउँ ।

श्री पुर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय श्री शिक्षा संस्कृति तथा समाज कल्याण मन्त्रालय लिखित परिक्षा सम्पन्न भै त्यसको नतिजा प्रकाशित हुनु भन्दा अगावै मिति २०४९।५।२३ को शिक्षा, संस्कृती तथा समाज कल्याण मन्त्रालयको परिपत्रबाट अन्तरवार्ताको पुर्णाङ्क हेरफेर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6208वि.सं. २०५३पूर्ण इजलास

अंश ।

अंश

पुनरावेदकहरुले स्वआर्जनको भनी जिकिर लिएता पनि सो को ठोस सबुद प्रमाण निजहरुले गुजार्न सकेको पाईदैंन । सगोलका परिवार मध्ये जुनसुकै अंशियारहरुको नाउँमा सम्पत्ति रहेता पनि अन्यथा प्रमाणित नभएसम्म प्रमाण ऐन,२०३१ को दफा ६(क) अनुसार सबै अंशियारहरुको हक लाग्ने मान्नु…

नजिर सार पढ्नुहोस् →