नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6217 · वि.सं. २०५३

नि.नं. 6217 — विषयः उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

नगरपालिका ऐन, २०४८ को परिच्छेद ४ को काम कर्तव्य र अधिकार शीर्षक अन्तर्गत दफा १५ मा नगरपालिकाको काम, कर्तव्य र अधिकार मध्ये सोही दफाको उपदफा (१) को खण्ड (र) मा हक बेहक छुट्याउने बाहेक घर, पसल, सडक आली सन्धी सर्पन सम्बन्धी उजुर परेमा जाँची किनारा गर्ने भन्ने उल्लेख भै नगरपालिकालाई कुनै पनि व्यक्तिको हक भोगको सम्पत्तिमा हक बेहक हुने गरी निर्णय गर्ने अधिकार रहेको नदेखिने । (प्र.नं. ११) कुनै पनि मुद्दामा वादी प्रतिवादी बीच मुख नमिली सबुद प्रमाण बुझी विवाद विषयमा हक निश्चित गर्नु पर्ने हुन आउँछ भने त्यो मुद्दामा हक बेहकको प्रश्न समावेश भएको मान्नु पर्ने। (प्र.नं. ११) विवादित बाटो कायम गरी कित्ता काट गरी कायम हुन आएको बाटो निवेदकहरुले आफ्नो भनी जग्गा धनी प्रमाण पुर्जा समेत पेश गरेको स्थितिमा मञ्जुरी विना निजहरुको हक टुट्ने गरी बाटो कायम गरिएको क्रियाले हक बेहकको स्थिति समावेश भएको सम्झनु पर्ने । (प्र.नं.११) रिट अधिकारको सर्वमान्य सिद्धान्तमा क्षेत्राधिकारको त्रुटी देखिएमा आकर्षित हुन सक्ने भन्ने रहेको र प्रस्तुत विवादमा बाटो विषयमा दुवै थरका बीचमा विवाद परेको र यस्तो अवस्थामा सबुद प्रमाण बुझी निर्णय गर्नु पर्ने देखिन आएकोले मिति २०५१।६।१४ मा विपक्षी नगरपालिका प्रमुखले गरेको निर्णयमा अधिकार क्षेत्रात्मक त्रुटी देखिँदा उक्त मिति २०५१।६।१४ को विपक्षी नगरपालिकाको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । ( प्र.नं. ११) प्रस्तुत बाटो सम्बन्धी विवादमा दुई थरीको विवाद भै हक बेहकको स्थिति सिर्जना भएकोले हक बेहकमा अदालतमा जानु भनी मुद्दाका पक्षलाई सुनाई दिनु भनी विपक्षी नगरपालिकाका नाउँमा परमादेश समेत जारी हुने । (प्र.नं. ११) निवेदक तर्फबाट – विद्वान अधिवक्ता श्री देवेन्द्र प्रधान विपक्षी तर्फबाट- विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र प्रसाद पाठक

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6217
मुद्दाको विषयविषयः उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश जारी गरी पाउँ ।
निर्णय वर्ष / मिति2053/01/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6217
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्