नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6226 · वि.सं. २०५३

नि.नं. 6226 — कर्तब्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवादी धनवीर आले मगरले अदालतमा आएर वयान गर्दा आफुले मृतक नन्दीसरा समेतलाई कर्तब्य गरी मारेमा इन्कार भई बयान गरेको देखिन्छ । अदालतमा बयान गर्दा प्रहरीले चाकमा खूर्सानी हाली यातना दिई प्रहरीले आफै लेखि सही गर भनेकोले मैले सही गरेको मैले स्वइच्छाले गरेको होइन भनी वयान गरेको देखिन्छ । चित्रे भन्ज्याङ गा.पं. कार्यालयले उक्त वारदात प्र. धनवीर आले मगरले गरेको शंका देखाई लेखेको पत्रको आधारबाट प्र. धनवीर आले मगर पक्राउ भएको र प्र. धनवीर आले मगर मृतकको घरमा आउने जाने गर्दथ्यो भनी सो आधार देखाई उक्त वारदात प्र. धनवीर आले मगर समेतबाट भएको भन्ने चित्रे भन्ज्याङ गा.पं. कार्यालयको शंका छ । गाउं पंचायतले गरेको शंका कुनै ठोस आधारबाट प्रमाणित हुन सकेको देखिदैन । शंका स्वयमले प्रमाणको स्थान ग्रहण गर्न नसक्ने । (प्र.नं. २४) § कस्तो अवस्थामा प्रतिवादीलाई देखेको भन्ने सम्वन्धमा प्रहरीमा गरेको वयान र अदालतमा भएको बकपत्रमा एकरुपता देखिंदैन । प्रतिवादीलाई डील बहादुरले बाटोमा देख्दैमा निजहरु मृतककै घरमा गए होलान भनी अनुमान गर्न नमिल्ने । (प्र.नं. २६) § वारदात भएको चश्मदित व्यक्तिको अभाव देखिन्छ । केवल शंका र अनुमानको आधारमा व्यक्त गरिएका कुरालाई प्रमाणको रुपमा ग्रहण गर्न नमिल्ने । (प्र.नं. २८) § प्रतिवादी प्रहरीमा वयान गर्दा साविती भए पनि उक्त साविति अन्य स्वतन्त्र प्रमाणबाट समर्थित समेत हुन सकेको देखिंदैन । शंकाको सुविधा अभियुक्तले पाउने हुंदा आरोपित कसुरबाट सफाई पाउने ठहर्‍याएको संयुक्त इजलासको माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणाको राय मनासिव ठहर्ने । (प्र.नं. २८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6226
मुद्दाको विषयकर्तब्य ज्यान ।
निर्णय वर्ष / मिति2051/08/15
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने | माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणाको राय मनासिव ठहर्ने । | माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणाको राय मनासिव ठहर्छ । थुनामा रहेको प्रतिवादी धनवीर आले मगरलाई अन्य मुद्दावाट थूनामा राख्न नपर्ने भए थूनावाट छाडि दिनू भनी सम्वन्धित कारागारका नाउंमा आजै छुटै आदेश भइसकेकोले कानून वमोजिम गरी मिसिल वुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०५३, नि.नं. 6226
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्